Breaking News

के हो ओफुरो ? अफूरो प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदै फाइदा

Feb Tue 2020 05:40:50

428 views

के हो ओफुरो ? अफूरो प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडौ । मानिसको जीवन निकै व्यस्त छ । खानपान र व्यस्त जीवनका कारण चाहेर पनि मानिस स्वस्थ बन्न सक्दैन । तर यस्ता मानिसलाई स्वस्थ भएर जीवन बरदान दिने पद्धती भनेको ओफुरो हो । विश्वमा यो पद्धती निकै लोकप्रिय र प्रचलनमा भएपनि नेपालीहरुलाई यसविषयमा जानकारी कम छ । तर यो मानिस स्वास्थ्यका लागी अति उपयोगी र आवश्यक पनि छ । आखिर के हो ओफुरो ?

ओफुरो भनेको जापानी पद्धतिबाट गरिने प्राकृतिक उपचारको साथै आरामदायी सेवा हो । यो सेवा जापानमा निकै प्रख्यात छ । त्यहाँका मानिसहरुले दैनिकजसो बेलुका ३० मिनेट देखि ६० मिनेटसम्म यो सेवा लिने गर्छन् । जापानीज मानिसहरुको सरदर आयु अरु देशका मानिसहरुको भन्दा बढी छ । यसको कारण ओफुरो पनि एक हो । यो सेवा प्रायः जसो जापानीजहरुको घरमा नै भएको पाईन्छ । जसको घरमा छैन उनीहरु नजिकको स्पा वा हेल्थ क्लबहरुमा गएर सेवा लिने गर्दछन् । हाल आएर अफुरो विश्वका विभिन्न देशहरुमा दिनप्रतिदिन  प्रख्यात हुँदै गईरहेको छ र निर्माणाधीन नयाँ नयाँ स्पा र क्लबहरुमा अफुरो  सेवा उपलब्ध हँ'दै गएको छ ।

अफुरो भनेको ज्याकुजी सँग मिल्दो जुल्दो खालको हुन्छ तर यसमा कुनै किसिमका बवल्सहरु (पानीका फोकाहरु) आउँदैनन् । अफुरो भित्रको पानीको तापक्रम सामान्यतया ४० देखि ४५ डि.सेल्सियस सम्म हुन्छ  यसलाई आफुले चाहेअनुसार तापक्रम घटबढ गर्न सकिन्छ । यो सेवा लिँदा ठाऊँ अनुसार बाहिर लगाएका कपडाहरु खोली राम्रोसँग नुहाएर मात्र  विभिन्न खालका कपडाहरु लगाउन दिईन्छ ।  अफुरो भित्र गईसकेपछि आफ्नो घाँटी भन्दा तलको भागलाई ताातोपानी भित्र डुबाएर आरामका साथ बस्नुपर्दछ । यसरी बस्दा आफुलाई गाह्रो भएको अनुभव भयो भने अफुरो बाट बाहिर निस्की झोल पदार्थ खाई आराम सँग बस्नुपर्दछ । तातोपानीमा सन्चो, तितेपाती जस्ता विभिन्न प्राकृतिक र अर्गानिक वस्तुहरु समेत राखिने भएकाले यो सेवा मानिव स्वास्थ्यका लागि बरदान नै मानिन्छ ।

के हुन् ओफुरोका विशेषता ?

ओफुरोबाट निरोगी मानिसहरू स्वस्थ रहन मात्र होइन विभिन्न किसिमका रोग तथा शारिरीक समस्या समेत समाधान हुन्छन् । यसबाट ढाड दुखेको, जोइन्ट पेन, सुगर, युरीक एसीड, प्रेसर, वेट लस, मस्कुलर पेन जस्ता रोगको उपचार हुन्छ । शारिरीक थकान भएका बेला पनि यो निकै उत्कृष्ट सेवा हो । निद्रा नपर्नु, खाना अपच हुनु, शरिरलाई स्फुर्ती राख्न यो पद्धती निकै उपयोगी मानिन्छ । अझ अहिले चुरोट, मदिरा सेवन गर्ने, अन्य खानेकुरा खाने मानिसहरूलाई त यो अझ बढि उपयोगी छ । मोटोपना घटाउने, बोँसो पगाल्ने सबैभन्दा उत्तम उपाय पनि यसैलाई मानिन्छ ।

कसरी गर्ने ओफुरो, कति लाग्छ खर्च ?

ओफुरो नेपालीका लागी नौलो पद्धती भएपनि स्वास्थ्यका दृष्टीले निकै उपयोगी र अत्यावश्यक सेवा हो । यो सेवा लिन जान मानिसले केही लैजानु पर्दैन । ओफुरोमा बस्दा लगाउने भित्री कपडा केहीपनि लैजानु पर्र्दैन । सबै व्यवस्था त्यहिँ हुन्छ ।  कम्तिमा एक देखि दुई घण्टाको समय लिएर जानु पर्दछ । ओफेरो बस्दा १ हजार रूपैयाँ सेवा शुल्क लाग्छ । एक हजार तिरेपछि स्वास्थ्यका लागी उपयोगी आफुरो सेवा लिन सकिन्छ । ओफुरो प्याकेजसँगै साउना र स्टिम वाथको सेवा समेत पाइन्छ ।

नेपालमा कहाँ छ यस्तो सेवा ?

विश्वभर निकै लोकप्रिय बनेको ओफुरो सेवा नेपालमा समेत उपलब्ध छ । राजधानीको ठमेलमा रहेको रियल थेरापी एण्ड ब्युटी प्वईन्टले नेपालमा पहिलो पटक ओफुरो सेवा भित्राएको हो । रियल थेरापीमा ओफुरो सेवा लिन सकिन्छ । http://www.nepalmassage.com

कस्ता व्यक्तिले ओफुरो गर्नु हुँदैन  ?

अत्याधिक उच्च रक्तचाप भएका

कुनैपनि अंगको मेजर सर्जरी गरेको ६ महिना नपुगेको अवस्थाका व्यक्तिले

शरिभित्र स्टिल अथवा रड राखेका / प्रयोग गरेका व्यक्ति

गर्भावस्था भएको ४ महिनाभन्दा माथिका महिला

स्किन एलर्जी तथा छाला सम्बन्धि स्थायी रोग भएका

रजस्वला भएको अवस्थामा

ओफुरो हरेक व्यक्तिलाई उत्तिकै आवश्यक छ । अझ बढि मात्रामा कामको प्रेसर, अत्याधिक व्यस्त रहनु, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, अधिकांश समय बैठक र छलफलमा बिताउने, चुरोट मदिरापन गर्ने यस्ता व्यक्ति सके हप्तामा एक पटक नसके कम्तिमा १५ दिनको एक पटक ओफेरो सेवा लिँदा उसको स्वास्थ्यमा निकै नै सहजता आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?