Breaking News

युवा बिद्यार्थी माझ साइवर सुरक्षा चेतनाको लेयर बढाउदै साइवर इन्टरनेशनल नेपाल

Feb Tue 2020 05:40:43

268 views

युवा बिद्यार्थी माझ साइवर सुरक्षा चेतनाको लेयर बढाउदै साइवर इन्टरनेशनल नेपाल
  • भरतराज उप्रेती/काठमाडौं

नेपालमा सोसल मिडियाको विकास र प्रयोगले मालवेयर एडवेयर, स्पाम, फिसिङको अवस्थालाई बढाएको पछिल्लो रिपोर्टले देखाको छ । नेपाल प्रहरीको पछिल्लो रिपोर्टले साइवर क्राइमको अवस्था भयावह रहेको देखाएको छ । २०७२ ०७३ मा साइवर अपराधको उजुरी ६५० रहेको जुन अघिल्लो वर्षको तुलनामा दोब्बर भएको प्रहरीको अपराध अनुसन्धान शाखाले जनाएको छ । ‘साईबर थ्रेट रिपोर्ट २०१५’ र ‘इन्फर्मेशन सेक्युरिटी सर्भे रिपोर्ट २०१५’ को प्रतिवेदन सार्वजनिक गर्दै रिगो टेक्नोलोजीले नेपालमा साइवर थ्रिएट र चुनौती खतराजनक रहेको उल्लेख गरेको छ । ह्याकिङ सर्च ट्रेन्ड्स’ मा नेपाल विश्वमै अगाडि रहेको देखाएको छ । नेपाल सरकारको वेभसाइटहरु ह्याकिङ हुने क्रम दोब्बर तेम्बर गुणा बढिरहेको छ । साइवर सुरक्षाको आधारभुत विधिहरु नपअनाउदा महत्वपूर्ण डाटाहरु कतिखेर चोरी हुने हो टुंगो छैन । प्रविधिको होडमा दैडिरहेका हामी प्रविधि प्रयोगमा सचेत नहुदा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पुगिसकेका छौं । ह्याकर र साइवर अपराधीहरु प्रविधिको प्रयोगमा अभ्यस्त भइसकेकाले आफ्नो कब्जामा कसरी लिने भन्ने कुरामा पोख्त बनिसकेका छन् । सोसल मिडिया प्रयोगले साइवर थ्रिएट र अपराधलाई बढाइरहेको छ । हप्तामा १ जना साइवर अपराधको जालमा फसिरहेका घटनाहरु सार्वजनिक हुन थालिरहेका छन् । cyber security awareness at prime college साइवर सुरक्षाको यस्तो भयावह चुनौती नेपालमा सृजना भएको छ । यसका लागि हामी प्रविधि प्रयोगकर्ताहरु होसियार र सचेत बन्न जरुरी छ । अरुलाई प्रविधिको उपादेयता बताइरहेका हामी पनि कुनै न कुनै प्रकारबाट साइवर थ्रिएटमा छौं । यस्तो अवस्थालाई चिर्न व्यापक जनचेतनाको खाँचो देखिएको छ । आइसिटी युवा पुस्तालाई प्रविधि प्रयोगमा प्रोत्साहन गराउदै आइसिटी जनचेतना फैलाउन अहिलेको पहिलो आवश्यकता हो । यसै कुरालाई मध्यनजर गर्दै डा. रामहरी सुवेदीको अगुवाईमा साइवर सुरक्षा इन्टरनेशनल सिएसआई नेपालले बिद्यार्थीमाझ साइवर सुरक्षाको जनचेतना अभियान स्कूल कलेजमा सञ्चालन गरिरहेको छ ।

यसै क्रममा २०७३ साल असार महिनाको १ गते सिएसआइ नेपालले खुशिबु नयाँ बजारस्थित प्राइम कलेजमा साइवर सुरक्षा बारेको बृहत चेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

भाइरस के हो, मालवेयर, एडवेयर, स्पाम, फिसिङ कसरी हुन्छ र ह्याकिङ भनेको के हो र ह्याकरले किन ह्याक गर्दछन्, हामी प्रविधि तथा सामाजिक सञ्जालको प्रयोगमा कसरी सचेत बन्ने भन्ने बारेको आधारभुत तर अति नै महत्वपूर्ण जानकारी सिएसआई नेपालका सयोजक चिरञ्जिवी अधिकारीले १०० भन्दा बढी सहभागी बिद्यार्थीहरुलाई सरल र स्पष्ट तवरले दिनुभयो भने एनटिबी युएस क्यालिफोनियाका लक्ष्मण भट्टराईले साइवर क्राइम, ह्याकिङको अवस्था र यसबारेको सचेतनाको आवश्यकता किन भन्ने बारेको प्रस्तुतीकरण सहभागी बिद्यार्थीहरुलाई दिनुभयो ।  बढ्दो अपराधबाट बच्न अब पनि हामी सचेत नभए अरु को सचेत बन्ला भन्ने सन्देश दिदै साइवर सुरक्षा अभिन्यता निर्मला शर्माले सामाजिक सञ्जालको प्रयोगलाई सामाजिक रुपमा होइन सूचना र ज्ञानमुलक प्रयोगका लागि समय खर्च गर्न अब ढिलाई गरे ठूलो मुल्य चुकाउनुपर्नेतर्फ सहभागीहरुको ध्यानाकर्षण गराउनुभयो ।nirmal

सिएसआई नेपालको साइवर सुरक्षा अभियान कार्यक्रममा बोल्दै प्राइम कलेजका कार्यक्रम संयोजक डिल्ली शर्माले साइवर सुरक्षाको चेतना बिद्यार्थीबाटै राष्टियस्तरमा लैजानुपर्ने आवश्यकता खट्किरहेको बेला डा. रामहरी सुेदीको अगुवाईमा सिएसआई नेपालले एक दर्जनभन्दा बढी कलेजहरुमा सञ्चालन भएकोमा अभियानको प्रशंसा गर्नुभयो । साइवर सुरक्षाबारेको विषयलाई आइसिटी शिक्षा र चेतनाकोस्तर बृद्धिका लागि प्रभावकारी कार्यक्रम योजनाको रुपमा देशव्यापी लैजान सबैको हातेमालो गर्न अब ढिलाई गर्न नहुनेमा डिल्ली शर्माले जोड दिएका छन् । प्राइम कलेजमा सिएसआइ नेपालद्धारा आयोजित साइवर सुरक्षा चेतनामुलक अभियानमा राससका प्रतिनिधि, गोरखापत्र दैनिकका पत्रकार भेषराज वेल्वासे, डिसी नेपाल डट कमका प्रतिनिधि लगायत आइटी पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

IMG_1891 एक महिनाको अन्तरालमा सिएसआई नेपालले एक दर्जन कलेजमा साइवर सुरक्षाको चेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको छ भने अबको एक महिनाभित्र ७० वटा कलेजमा यो अभियान सञ्चालन गर्नेछ । जुन साइवर सुरक्षा चेतनाको सबैभन्दा ठूलो अभियानको रुपमा रहेको छ । आजसम्म नेपालमा रहेका क्यान, आइसिटी एसोसियसन अफ नेपाल लगायत अरु कुनै पनि आइसिटी संघ संस्थाले बृहत रुपमा साइवर सुरक्षा चेतना कार्यक्रम पब्लिक मास लेभलमा गर्न सकेका छैनन् र सीमित सेमीनार एवं गोष्ठीमा अल्भिएका छन् । सिएसआई नेपालको साइवर सुरक्षा अभियानबाट आइसिटी विकास र बिस्तारमा यो गर्छौं त्यो गर्छौ भन्ने अगुवा र संस्थाहरुले केही पाठ सिक्ने की ? हामी सबै मिलेर नेपालमा साइवर थिएट र चुनौतीलाई रोक्न सिएसआई नेपालको साइवर सुरक्षा अभियानमा साथ दिनेतर्फ एकपटक होइन, पटक पटक सोचेर आजै लाग्न किन ढिलाइ अब पनि !! speech

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?