Breaking News

सपनाभित्रका वैज्ञानिक तथ्यहरुले सपना भ्रममात्रै होइन भन्ने प्रमाणित गरेपछि...

Feb Tue 2020 05:40:21

267 views

सपनाभित्रका  वैज्ञानिक तथ्यहरुले सपना भ्रममात्रै होइन भन्ने प्रमाणित गरेपछि...

एजेन्सी । सपना त हामी सबैले देख्छौं, चाहे निद्रामा होस्, या खुल्ला आँखाले । ननिदाउँदै देखेका सपनाहरु पूरा गर्ने हो भने दृढ इच्छा शक्ति, मिहेनत, निरन्तरता र समय दिनुपर्छ । तर, निद्रामा कहिले कहीँ यस्तो सपना देखिन्छ, जुन तपाईंले वास्तविक जीवनमा पनि प्राप्त गर्नुहुन्छ ।

तपाईंलाई थाहा छ ? निद्रामा देखेका यस्तै सपनाको भरमा वैज्ञानिकहरुले कैयन महान अविश्कार गरेका छन् । कतिपय समयमा सपनाले मानिसहरुको ज्यानसमेत बचाएको उदाहरण छ । अचम्ममा पर्नुभयो नि होइन ? तर यो बिलकुल सत्य हो । आउनुस्, आज हामी तपाईंलाई सपनाको यस्तो वैज्ञानिक राजबारे जानकारी दिँदैछौं, जसले तपाईंलाई साँच्चै अचम्ममा पार्नेछ ।

हामी कति सपना देख्छौ: सामान्यतया एक जना मानिसले रातभरीमा औसतमा ४ देखि ६ वटा सपना देख्छ । तर, ९० प्रतिशत भन्दा बढी सपना ब्यूँझिएको १० मिनेटभित्रै भुलिन्छ ।

जिन्दगीको ६ वर्ष सपना देख्नमै बित्छ: अचम्ममा पर्नुभयो कि ? विभिन्न अध्ययन/अनुसन्धानबाट पत्ता लागेको छ, मानिसले आफ्नो जीवनकालको करिब ६ वर्षको अवधि सपना देख्न मै बिताउँछ ।

दिमागी गतिविधि: तपाईंलाई लाग्ला सपना निद्रामा देखिने भएकाले त्यतिबेला हाम्रो दिमाग शान्त रहन्छ । तर, वैज्ञानिकहरु भन्छन्, सपना देख्दा मानिसको दिमाग यति व्यस्त रहन्छ कि त्यति त ब्यूँझिदा पनि हुँदैन । यस अवस्थालाई ‘र्‍यापिड आई मूभमेन्ट’ यानिकी आँखाको तिब्र गतिशीलता भनिन्छ । कुनै गम्भीर प्रकृतिको सपना देख्दा यस्तो हुन्छ । यस्ता सपनाले मानव शरीर पूरै शिथिल बनाउँछ ।

सपनाका कारण कैयन महान वैज्ञानिक आविष्कार भएका छन् । कतिपय मानिसको ज्यान पनि बचेको छ । स्मरणरहोस्, हरेक मानिसले आफ्नो जीवनकालको कुल ६ वर्ष त सपना देख्न मै बिताउँछ ।

सपनाबाट सिक्छ मानिस: अध्यनहरुबाट पत्ता लागेको छ कि सपनाले मानिसलाई सिकाउनेमात्रै होइन, समस्यासँग जुध्ने ताकत पनि दिन्छ । सपना दिमागी चालसँग सम्बन्धित छ,  जसले नयाँ जानकारीहरुलाई छिट्टै ग्रहण गरेर व्यक्त गर्ने काम गर्छ । प्राय: मानिसले सपनालाई दोहोरिएको कुनै घटनाको रुपमा पाउँछन् ।  जसको सम्बन्ध हाम्रो आसपास तथा हामीसँग जोडिएको चिजसँग हुन्छ । यसबारे गहिरिएर बुझ्नु जरुरी छ ।

ब्लाइण्ड सपना: कोही मानिस जो जन्मजात अन्धो होइन, तर पछि उसले आँखाको ज्योति गुमायो, यस्ता व्यक्तिहरुले सपनामा छायाँ देख्छन् । जो जन्मजात अन्धो हो उसले पनि सपना देख्छ । उसको सपना कुनै त्यस्तो दृष्यभन्दा उनीहरुले बुझ्ने तथा आफ्नै अलग अनुभव गर्ने खालको हुन्छ ।

अफेयर: सबैभन्दा सामान्य सपना, जुन सपनाकोबारेमा आजसम्म धेरै मानिसहरुले बताए, त्यसमा अधिकांशले आफ्ना प्रेमि/प्रेमिका वा पति/पत्नी अरु कोहीसँग अफेयरमा रहेको देखेका थिए । यस्तो सपना एक प्रकारको दुस्वप्नजस्तो हुन्छ । यस्तो सपना देखेपछि मानिसहरु ब्यूँझिँदा पनि रिसले आगो भइरहेका हुन्छन् । दिमाग एकदमै आक्रोशित मुडमा हुन्छ ।

रातमा स्खलन: यसलाई स्वप्न दोष भनिन्छ । यस्तो अवस्थामा मानिसले सपनामै अर्गेज्म महसुस गर्छ । यस्तो सपना प्रायजसो किशोर अवस्थामा धेरै देखिन्छ । तर, त्यसपछि देख्दै नदेखिने भने होइन । एक अध्ययनअनुसार सबै पुरुष र महिलाले देखेको यस्तो सपनामा ४ प्रतिशतले अर्गेज्म प्राप्त गर्छन् । एक रातमा सपना देख्दा पुरुषले औसत ४/५ पटक स्खलन गर्नसक्छ । तर, यसबीचको ग्याप २०/३० मिनेट हुन्छ ।

जागृत सपना: वैज्ञानिकहरुले विभिन्न प्रविधिको प्रयोग गरेर आफ्नो सपनालाई नियन्त्रित गर्न र चाहेको बेलामा देख्न सिकिसकेका छन् ।

आविश्कार: सबैभन्दा आश्चर्यजनक कुरा त के भने संसारमा कैयन ठूला आविश्कार सपनामा देखेपछि नै भएको छ । उदाहरणका लागि जेम्स वाट्सन । उनले डिएनएको डबल हेलिक्स स्पाइरल संरचनालाई सपनामा देखेका थिए । यस्तै हेलियस होवले सिलाइ मेसिन र दिमित्री माण्डेले पिरियडिक टेबललाई पनि सपनामा देखेपछि आविश्कार गरेका थिए ।

भविष्यको सपना: मानिसले भविष्य सपनामा देख्छ भन्ने कुरामा वैज्ञानिकहरुसमेत सहमत छन् । यस्ता कैयन घटना सार्वजनिक भएका छन्, जसले सपनामा कुनै कुरा देखे, वास्तविक जीवनमा उनीहरुलाई त्यो हासिल पनि भयो । कतिपय समयमा त सपनामा मृत्युको खतरा देखेर पछि हट्दा मानिसको ज्यान बचेकोसमेत उदाहरणहरु पाइन्छ ।

स्लिप प्यारालाइसिस: कहिलेकाहीँ सपनामा मानिसले आफूलाई प्यारालाइज पाउँछ । आफूलाई केही चिजले रोकिरहेको महसुस हुन्छ । बोली फुट्दैन । हात खुट्टा चल्दैन । निकै नै ठूलो संकट पर्छ । यस्तो क्षणलाई वैज्ञानिक भाषामा स्लिप प्यारालाइसिस भनिन्छ । अध्ययनहरुका अनुसार संसारका ८ प्रतिशतभन्दा कम मानिसले आफ्नो जीवनकालमा यस्तो महसुस गरेका हुन्छन् ।

Source: iChwok

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?