Breaking News

ओली, देउवा र प्रचण्डको ग्रहदशा यस्तो छ, देखिन्छ सोचेभन्दा फरक दृश्य !

Feb Tue 2020 05:40:14

300 views

ओली, देउवा र प्रचण्डको ग्रहदशा यस्तो छ, देखिन्छ सोचेभन्दा फरक दृश्य !

ज्योतीष गुरु ओझराज उपाध्यायका अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ग्रह साउन २२ देखि सुधारिनेछ । उनका लागि त्यसपछि प्रधानमन्त्री बन्ने बाटो सहज हुनेछ । नेपाल आजसंगको टेलिफोन कुराकानीमा उपाध्यायले साउन २२ देखि मकर राशीको योगफल राम्रो देखिन्छ । मकर राशीका देउवाका लागि साउनको उत्तरार्धपछिको समय अनुकुल देखिन्छ ।

साउन २२ सम्म शनि र मंगल जोडिएका कारण देउवाका लागि समय सुख र दुःख मिश्रित छ । मध्यम समय भएकाले देउवाका लागि यो एक महिना उतिसारो उत्साहप्रद नहुनसक्छ । देशको ग्रह दशा राम्रो नरहेको उपाध्यायको भनाइ छ । भाद्रं ३१ गते देखी देशको स्थितिमा सुधार आउने उपाध्याय बताउंछन् । उनले ओली र प्रचण्डको ग्रहदशाका बारेमा आफू अपडेट नरहेको जनाए ।

ज्योतीष बिहंगम तिमिल्सेनाको भविश्यवाणी

देउवाको ग्रह दशा

ज्योतिष बिहंगम तिमिल्सेनाले पनि शेरबहादुर देउवाको ग्रह बलियो भएको बताए । नेपाल आजसंगको टेलिफोन कुराकानीमा उनले चन्द्रमा र सूर्य बलबान भएकाले गुरु बृहस्पति बलियो भएको छ । जसका कारण देउवा प्रधानमन्त्री हुंने सम्भावना बलियो छ । प्रचण्डकोभन्दा देउवाको ग्रह बलियो भएकाले देउवा आफैं प्रधानमन्त्री बन्ने सम्भावना अधिक छ । तर, प्रचण्डको पनि ग्रह पनि सकारात्मक नै छ ।

प्रचण्डको ग्रहदशा

मिथुन राशीका छबिलाल उर्फ प्रचण्डको ग्रह पीण्डहरुको आकाशीय खण्डहरु बलियो भएकाले सूर्य र चन्द्र बलियो स्थानमा बसेका छन् । उनका अनुसार प्रचण्ड देशका बारेमा सधैं चिन्तित रहने नेता हुन । प्रचण्डको ग्रह अमृत खण्डमा भएकोले तत्कालै प्रधानमन्त्री हुन सक्ने उनको भनाइ छ ।

केपी ओलीको ग्रहदशा

ज्योतिष विहंगम तिमिल्सेनाका अनुसार प्रधानमन्त्री ओलीको ग्रह दशा ठीक छैन । उनलाई संकटा ग्रह दशाले सताइरहेको बताएका छन् । सो ग्रह दशाका कारण ओली अहिले राजनीतिक रुपमा संकटमा परेको उनको भनाइ छ । उनले बोलेको कुरा नपुग्नुको पछाडि उनको ग्रहादशा रहेको तिमिल्सेनाले दाबी गरे । उनका अनुसार मकर राशीका केपी अर्थात खडगप्रसादलाई ६४ बर्षको उमेर देखी ७२ बर्षको उमेरसम्म संकटा ग्रहले सताउने छ । यो बीचको समय ओलीका लागि संकटमय रहने उनको ठम्माइ छ ।

देशको ग्रह दशा

ज्योतीष ओझराज उपाध्याय र विहंगम तिमिल्सेनाले देशको ग्रह मध्यमस्तरको रहेको जनाए । उनीहरुले १० महाबिद्याको पीठ अर्थात पूजा नगरेसम्म देशमा अस्तब्यस्त भइरहने स्पष्ट गरेका छन् । पूजा गरिएमा भाद्र महिनापछि देशमा शान्ति, सुरक्षा र अमन–चयन कायम हुने दुबै ज्यातिषको भविश्यवाणी छ ।

प्रस्तुतिः भौतिक मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?