भएको छ ।
२२ गते मंगलबार १ देखि २५ लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकलको पालो आउनेछ ।
२६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ ।
९ बजेबाट तेल वितरण
निगमले यो पटक विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्याइने प्रवक्ता घिमिरेले बताए । तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरू सिल गरिनेछ ।