Breaking News

मंगलबारबाट मोटरसाइकलले ४ लिटर पेट्रोल पाउने लट अनुसार पेट्रोल दिने पम्पको सूचीसहित

Feb Tue 2020 05:40:14

609 views

मंगलबारबाट मोटरसाइकलले ४ लिटर पेट्रोल पाउने लट अनुसार पेट्रोल दिने पम्पको सूचीसहित
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पर्सी मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ । यसअघि सोमबारदेखि वितरण गर्ने भनिएको थियो । तर, आइतबार भएको छलफलले सवारीको लटका आधारमा मंगलबारदेखि दिन बिराएर चार दिन मोटरसाइकल पेट्रोल दिने निर्णय गरेको छ । निगमले यो पटक दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ भने मोटरसाइकललाई चार लिटरका दरले तेल दिइने petrolभएको छ । २२ गते मंगलबार १ देखि २५ लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकलको पालो आउनेछ । २६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ । ९ बजेबाट तेल वितरण  निगमले यो पटक विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्‍याइने प्रवक्ता घिमिरेले बताए । तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरू सिल गरिनेछ । oil-nigam-notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?