Breaking News

आइसिटी पत्रकार भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित

Feb Tue 2020 05:40:27

768 views

आइसिटी पत्रकार भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित
आइसिटी पत्रकार (आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष) भरतराज उप्रेतीलाई प्रदान गरिएको छ ।हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा। योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव अवसरमा आइसिटी पत्रकार उप्रेतीलाई सम्मान गरिएको हो ।
nni
धन्यवाद बोष्टर मिडियालाई, विशेष धन्यवाद् मनोक्रान्तिका योद्धा डा. योगी विकासनन्दलाई पत्रकारीता सम्मानबाट सम्मानित गर्नुभएकोमा, आभारी छु बोष्टर मिडिया परिवार अनि बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाप्रति आइसिटी पत्रकार भरतराज उप्रेतीले आफ्नो फेसबुकमा लेखेका छन् ।
bik

चुनौती र सङघर्षले नै आइसिटी पत्रकारीता सिकायो – भरतराज उप्रेती

पत्रकार उप्रेती साइवर सञ्चार पत्रिका, आइसिटी न्युज साप्ताहिक, आइसिटी पत्रकार विकास मञ्च संस्था, आइसिटी खबर वेभ पत्रिका सँगै सोसल मिडियाको कन्सेप्टमा आइसिटी पत्रकारीतालाई अनलाइनमा व्यवस्थित र व्यवसायीकरण गर्न लागिपरेका छन् । युवा पुस्तालाई आइसिटीमा डिजिटल इम्पावर गराउदै नागरिकपोष्ट न्युज सोसल मिडिया र कल्चर टुरिजम्मको सोसल अवधारणालाई नेपाली आइसिटी पत्रकारीताको माध्यमबाट चिनाउने लक्ष्यकासाथ अनलाइन आइसिटी पत्रकारीतामार्फत आफ्नो दक्षता र विज्ञतालाई अगाडी बढाउने सोच उप्रेतीको छ ।
topi आज लगानी गरेर भोलि नै प्रतिफल चाहने सोचका कारण आइसिटी क्षेत्र र आइसिटी मिडियामा एकल भ्वाइस स्थापित हुन सकिरहेको छैन त्यसका लागि हामी एकजुट भएर आइसिटी पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने खाँचो खट्किएको छ ।
आइसिटीमा भाषण गरेर इभेन्ट कन्फरेन्स आयोजना र टेक्नोलोजी भित्र्याएर मात्र आइसिटीको विकास सम्भव छैन । युवा पुस्तालाई आइसिटी अवसर दिदै समग्र सूचना प्रविधिको विकासमा लगानी खर्चिन हो भने आइसिटी सूचनालाई आम नागरिकको पहुँचमा पुर्याउन प्रिन्ट, अनलाइन र सोसल मिडिया माध्यमलाई प्रयोगमा ल्याउनुमा नै बुद्धिमानी हुने आइसिटी पत्रकार उप्रेतीको तर्क छ ।
ta चौथो वार्षिकोत्सव अवसरमा बोस्टर मिडियाको स्मारिका बिमोचन समेत गरिएको थियो । त्यस्तै बोष्टर मिडिया राष्ट्रिय सम्मान २०७४ बाट कृषि उद्यमी तथा अभियन्ता जयकला बस्नेत, स्वास्थ्यकर्मी डा। रुपा झा, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, शैक्षिक क्षेत्रका प्रशिक्षक विनोद कार्की, ब्युटीसयन रस्मिला श्रेष्ठ, सामाजिक अभियन्ता आनी भिमसुवा गुरुङ, युवा व्यवसायी संजीव गिरीलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?