Breaking News

गुगल किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुने

Feb Tue 2020 05:40:52

596 views

गुगल किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुने

गुगल एन्ड्रोइड किबोर्डमार्फत अब तपाइले नेपालीमा बोलेको कुरा आफै टाइप हुनेछ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झट गरिराख्नु पर्दैन ।

गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर, नेपालीमा थिएन ।

गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध भएको छ । अब तपाइले बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा बिश्वका ११९ भाषामा उपलब्ध छ ।

थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ । यो सेवा प्रयोग गर्न तपार्इले गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आबाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा तपार्इले कपी गरी सोसल मिडिया तथा इमेलमा पेष्ट गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?