क्यान महासंघले ४९ जना विद्यार्थीहरुलाई आइसिटी छात्रबृत्ति दिने घोषणा
Feb Tue 2020 05:40:28
865 views
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधि शिक्षातर्फ पनि यस बर्षदेखि छात्रबृत्तिको शुरुवात गरेको छ ।
काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस बर्ष ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ ।
‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरि प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रबृत्ति प्रदान गरिनेछ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउन यस कार्यले टेवा पुग्ने महासंघको विश्वास छ ।
छात्रवृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतामा सोमबार क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।
छात्रबृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चाचित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत विएससी आईटीको अध्ययन गर्न पाउने छन् ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि अवेदन दिन सक्नेछन् । छात्रबृत्तिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने महासंघले जनाएको छ ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रबृत्ति छनौट समिति गठन गर्ने छ । छनौट समितिले कक्षा १० र कक्षा १२ को प्राप्तांक, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्ने छ ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org बाट २०१८ जुलाई २५ तारिकभित्र आवेदन दिनुपर्नेछ ।