Breaking News

म्याच फिक्सिङको अभियोग लागेका कप्तान सागर थापा सहितका चार खेलाडी धरौटीमा रिहा (भिडियो)

Feb Wed 2020 02:40:44

830 views

म्याच फिक्सिङको अभियोग लागेका कप्तान सागर थापा सहितका चार खेलाडी धरौटीमा रिहा (भिडियो)

म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टीमका कप्तान सागर थापा सहितका चार खेलाडी र एक पूर्व प्रशिक्षक धरौटीमा रिहा भएका छन्।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासको आदेश अनुसार राष्ट्रिय फुटबल टीमका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलरक्षक रितेश थापा र विकाससिंह क्षेत्री तथा पूर्वप्रशिक्षक अन्जन केसी मंगलबार धरौटीमा रिहा भएका हुन्।उनीहरू म्याच फिक्सिङको अभियोगमा गत असोज २७ गते पक्राउ परेका थिए। अदालतले सरकारी वकिल र अभियुक्तहरुका वकिलको वहसपछि धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेश अनुसार गोलरक्षक रितेश थापा र पूर्व प्रशिक्षक अन्जन केसी ५/५ लाख, कप्तान सागर थापा १ लाख ५० हजार तथा उपकप्तान सन्दिप राई र विकाससिंह क्षेत्री ५०/५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

उनीहरू म्याच फिक्सिङको अभियोगमा गत असोज २७ गते पक्राउ परेका थिए।

कप्तान सागर थापाले आफूहरु निर्दोष रहेको दाबी गर्दै आफूहरुमाथि लगाइएको अभियोगलाई आधार मानेर फुटबल खेल र खेलाडीलाई नकारात्मक रुपमा नलिन समर्थकहरुलाई आग्रह गरेका छन्।

प्रहरीले उनीहरुमाथि राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३ को उपदफा ३ (१) अनुसार राष्ट्र विप्लवको कसुर गरेको अभियोगमा गत आइतबार मुद्दा दायर गरेको थियो। खेलाडीहरुका तर्फबाट नेपाल बार एशोसियशनका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल लगायतका वकिलहरुले बहस गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?