Breaking News

सिटिजन्स बैंकमा ६३ जनाका लागि रोजगारीको अवसर, अनुभव नचाहिने

Feb Wed 2020 02:40:27

446 views

सिटिजन्स बैंकमा ६३ जनाका लागि रोजगारीको अवसर, अनुभव नचाहिने

काठमाडौं। सिटिजन्स बैंकले बैंकिङ करिअर सुरु गर्न चाहनेका लागि रोजगारीको अवसर खुलाएको छ। बैंकले ट्रेनी असिस्टेन्टदेखि जुनिअर असिस्टेन्टदेखि अफिसरसम्म ६३ जनाका लागि रोजागारीको अवसर खुला गरेको हो। बैंकले सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट पदमा ४० जनाका लागि विज्ञापन खुला गरेको छ। बैंकले एक जना कानुन र सेयर शाखामा र बाँकी ३९ जना विभिन्न शाखाका लागि विज्ञापन आव्हान गरेको हो। यो पदमा आवेदन दिन चाहनेले कुनै अनुभव देखाउनु पर्दैन। यस्तै म्यानेजमेन्ट ट्रेनी पदमा पाँच जनाका लागि विज्ञापन खुलाइएको छ। बैंकले सातजना सुपरभाइजर, १० जना अफिसर तथा जुनियर अफिसर पदमा विज्ञापन खुला गरेको हो। आइटी विभागमा एक जनाका लागि विज्ञापन खुला गरिएको छ। सिटिजन्स बैंकमा काम गर्न चाहनेले आउँदो फेब्रुरी १२ सम्ममा आवेदन दिनुपर्छ। कम्प्युटर जानेको र नेपाली तथा अंग्रेजीमा दक्ष भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?