Breaking News

स्मार्टफोनलाई यसरी बूट गरेर भाइरसमुक्त बनाउन सकिने

Feb Wed 2020 02:40:17

693 views

स्मार्टफोनलाई यसरी बूट गरेर भाइरसमुक्त बनाउन सकिने

यदि फोनमा भाइरस छिर्यो भने फोनलाई फ्याक्ट्री रिसेट गर्नुपर्छ ता की भाइरसलाई पूर्ण रुपमा दूर गर्न सकियोस् ।तथापि फ्याक्ट्री रिसेट गर्नुमा यो समस्या रहन्छ की तपाइँको स्मार्टफोनमा भएका डाटा, गेम्स, फोटो, मेसेजन आदि सबै मेटिन्छन् ।

त्यसैले फोनलाई फ्याक्ट्री रिसेटको अवस्थासम्म पूराउनै नपर्ने गरी भाइरस मुक्त राख्ने केही उपाय छन् । पहिले यो थाहा पाउनुहोस् की के तपाइँको स्मार्टफोनमा कुनै एप चलाउँदा मात्र भाइरसको समस्या देखा पर्दछ ? के तपाइँले गुगल प्ले स्टोरका अलावा अन्य साइटहरुबाट समेत एप डाउनलोड गर्नुहुन्छ ? यदि त्यसो हो भने तपाइँले अब सुरक्षाका उपाय अपनाउनुपर्नेछ ।

सबैभन्दा पहिले स्मार्टफोनमा एन्टी भाइरस इन्स्टल गरी आफ्नो स्मार्टफोन स्क्यान गर्नुहोस् । स्मार्टफोनका लागि गुगल प्ले स्टोरमा विभिन्न थरी एन्टी भाइरस एप रहेका छन् । तपाइँले कुनै एक छान्न सक्नुहुन्छ ।

एन्ड्रोइड स्मार्टफोनलाई सेफ मोडमा पनि बूट गर्न सकिन्छ । त्यसपछि तपाइँले विस्तारै फाइल छान्दै डिलिट गर्दै गर्न सक्नुहुन्छ । जब स्मार्टफोन सेफ मोडमा चल्दछ तब सबै एपले काम गर्न बन्द गर्दछन् र डाटा कनेक्सन पनि बन्द हुन्छ ।

एन्ड्रोइड ४ वा त्यसपछिका अपरेटिंग सिस्टमवाला स्मार्टफोनमा सजिलै सँग सेफ मोडमा बूट गर्न सकिन्छ । तर पूराना डिभाइसमा पनि गर्न नसकिने चाहीँ होइन । पूराना डिभाइसमा गर्नको लागि सबैभन्दा पहिले स्मार्टफोनलाई अफ गर्नुहोस् र त्यसपछि अनअफ बटनलाई केही समयसम्म थिचिरहनुहोस् ।

जब तपाइँले स्त्रिmनमा स्मार्टफोनको लोगो देख्नुहुन्छ तब भोल्यूम बटनलाई दबाउनुहोस् जबसम्म डिभाइसको बूटिंग पूरा हुँदैन । त्यसपछि तपाइँको स्मार्टफोन सेफ मोडमा जान्छ ।

एन्ड्रोइड ४ पछिका स्मार्टफोनका ागि आफ्नो डिभाइसको अन अफ बटनलाई दबाइरहनुहोस् जबसम्म एक पपअप देखिँदैन । त्यसपछि ओके क्लिक गर्नुहोस् । यसो गरेसँगै स्मार्टफोन सेफ मोडमा बूट हुन्छ ।

त्यसपछि तपाइँले आफ्नो स्मार्टफोनबाट ती फाइलहरु डिलिट गर्न सक्नुहुनछ जुन आवश्यक पर्दैन । डाउनलोड गरेका अनावश्यक एपहरु पनि डिलिट गर्नुहोस् ।

स्मार्टफोनलाई यसरी बूट गरेसँगै स्मार्टफोनमा भाइरसको समस्या नियन्त्रणमा आउनेछ ।

बीबीसी/Onlinkhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?