Breaking News

ललितपुर बिद्यालयमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

Feb Tue 2020 05:40:42

724 views

ललितपुर बिद्यालयमा  अन्तराष्ट्रिय स्तरको अत्याधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
  • सन्तोष गौतम

    ललितपुर लगनखेलमा अवस्थित ललितपुर माध्यमिक विद्यालय ‘क’ श्रेणीको गुठी अन्तर्गत सञ्चालित विद्यालय हो जसको आफ्नै गौरवपूर्ण इतिहास र सवल वर्तमान रहेको छ । वि.सं. २०३८ सालदेखि अनवरत रुपमा यो क्षेत्रको शैक्षिक उत्थानमा समर्पित यस विद्यालयमा हाल १००० जति विद्यार्थी र १०० जति शिक्षक तथा कर्मचारी रहेका छन् । नाफारहित संस्थाको रुपमा सञ्चालित यस विद्यालयलाई विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरू तथा पूर्व विद्यार्थीहरूबाट विभिन्न प्रकारको सहयोग प्राप्त हुँदै आइरहेको छ । यहाँ अध्ययनरत धेरै गरीब विद्यार्थीहरूलाई ह्याण्डस ईन आउटरीच नामक संस्थाले विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ । यही संस्थाको सहयोगमा विद्यालयको नवनिर्मित अत्याधुनिक भवनमा एक अन्तराष्ट्रिय स्तरको कम्प्यूटर प्रयोगशालाको स्थापना भएको छ । ३० वटा अत्याधुनिक ल्यापटपहरू जडान गरिएको प्रयोगशालामा विद्यार्थीहरूले विभिन्न विषयका शैक्षिक प्याकेजहरू अन्तर्गत आ आफ्नो अध्ययन कार्य गर्न सक्दछन् ।computer learning

यस अघिनै पनि अर्को अत्याधुनिक कम्प्यूटर ल्याब स्थापना गरिदिएको छ । जसलाई इन्टेल कम्पनी को प्राविधिक सहयोगमा स्थापना गरिएको हो र यसको नियमित रेखदेखको लागि इन्टेल को समूह समय समयमा आउने गरेको छ । उक्त ल्याब मा वाटरफोर्ड र सक्सेस फर अलका शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिन्छ । विद्यालयको कक्षा छ मा अध्ययनरत छात्र आयुष गौतमले प्रशन्न मुद्रामा भने, ‘ मेरो पहिले देखिनै कम्प्यूटर अध्ययनमा रुचि छ । कम्प्यूटरमा खेल खेल्न विभिन्न कुराहरूको खोज गर्न र जानकारी प्राप्त गर्न मलाई अत्यन्त मन पर्छ । ल्याब स्थापनाले नयाँ प्रविधिमा पढ्ने , सिक्ने र रमाउने अवशर प्रदान गरेको छ । त्यस्तै विद्यालयका प्रिन्सिपल माधव सिटौलाले भन्नुभयो, ‘कम शुल्कमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने र नेपाली संस्कृतिको प्रवद्र्धनमा टेवा पु¥याउने हाम्रो सपना साकार हुँदै गईरहेको छ ।’ ह्याण्डस ईन आउटरीच का संयोजक रिकीले उक्त ल्याब को एक कार्यक्रमका वीच उद्घाटन गरेका थिए ।lab computer

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?