Breaking News

हेर्नुहोस् यी एपहरूले तपाईको फोनको ब्याट्री खाइरहेछन् यसरी हटाउनुहोस्

Feb Tue 2020 05:40:48

462 views

हेर्नुहोस् यी एपहरूले तपाईको फोनको ब्याट्री खाइरहेछन् यसरी  हटाउनुहोस्
डिभाइस सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनको ब्याट्री खाइदिने एपहरूको सूची सार्वजनिक गरेको छ । यी एपहरूले फोनको ब्याट्री छिटो सकिदिन्छन् । ती एपहरूमा गेमिङ एपदेखि सामाजिक सञ्जाल एपसम्म छन् । यी सबै फ्री एप गूगल प्लेस्टोरमा उपलब्ध छन् । राम्रो ब्याट्री ब्याकअपका लागि यिनलाई तपाईंले डिलिट गर्न सक्नुहुन्छ । एपले फोनको मेमोरी र इन्टरनेटमा लगातार एक्सेस गरिरहेको हुन्छ । एप बन्द गर्दा पनि यिनीहरूले ब्याकउन्डमा प्रोसेसिङ गरिरहेका हुन्छन् । यसले गर्दा फोनको ब्याट्री लगातार कम भइरहेको हुन्छ । जस्तो, तपाईंको फोनमा फेसबूक लगइन छ भने त्यसलाई ओपन नगर्दा पनि ब्याकएन्डमा त्यसको प्रोसेसिङ चलिरहेको हुन्छ । एपहरू आफैं अप्डेट भइरहेका हुन्छन् र तिनले पनि ब्याट्री खाइदिन्छन् । क्यान्डी क्रश सागा गेमिङ एप क्यान्डी क्रश सागाले ब्याट्रीका साथै स्टोरेज र डाटा पनि धेरै खाइदिन्छ । संसारभरि यस गेमका फ्यान छन् । यो एप २.३ वा त्यसभन्दा माथिको एन्ड्रोइडमा यसले काम गर्छ । अन्य एपमा पेट रेस्क्यु सागा, क्ल्याश अफ क्ल्यान्स, गूगल प्ले सर्भिसेज, फेसबूक, ह्वाट्सएप, लूकआउट सेक्युरिटी एन्टीभाइरस, एन्ड्रोइड वेदर एन्ड क्लक विजेट, सोलिटेयर लगायत पर्छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?