Breaking News

स्वतन्त्र पत्रकारहरु संगठित ‘मिडिया नेपाल’ गठन

Feb Tue 2020 05:40:23

517 views

स्वतन्त्र पत्रकारहरु संगठित  ‘मिडिया नेपाल’ गठन
राप्रपा नेपालले पनि आफू निकट पत्रकारहरुको संगठन खोलेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानीको ईन्द्रेणी कम्प्लेक्समा आयोजित कार्यक्रममा कार्यसमितिका पदाधिकारीलाई माला लगाएर पार्टीको आधिकारिकता प्रदान गरे ।   मिडिया नेपाल नाम दिइएको संगठनका अध्यक्षमा गोपाल पौडेल रहेका छन् भने महासचिवमा कृष्ण तिमिल्सेना रहेका छन् । संगठनमा ६ जना उपाध्यक्ष, दुई जना सचिव, एक जना कोषाध्यक्ष तथा एक दर्जन सदस्यहरु रहेका छन् । पाँच विकास क्षेत्र र एक काठमाडौं उपत्यकाका सहित गरी ६ जना उपाध्यक्ष घोषणा गरिएको हो । काठमाडौं उपत्यकाबाट रेशमराज पौडेललाई उपाध्यक्ष बनाइएको छ । महासचिवको जिम्मेवारी कृष्ण तिमल्सिनालाई दिइएको छ भने सचिवमा टेकराज शाही र मुकुन्द ढुङ्गना रहेका छन् । कोषाध्यक्ष भने ध्रुव बस्नेत रहेका छन् । राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्री रहेका कमल थापाको योजनामा त्यतिवेला गठन गरिएको राष्ट्रिय पत्रकार महासंघका नेतृत्वमा रहेका व्यक्तिहरु भने राप्रपा नेपालको नयाँ संगठनमा छैनन् । यद्यपि त्यतिवेलाका राष्ट्रिय पत्रकार महासंघका पदाधिकारीहरु मिडियो नेपालको घोषणा कार्यक्रममा सहभागी थिए । संगठनका अध्यक्ष पौडेलले मिडियो नेपालले पत्रकारहरुको हकहित र व्यवासायिकताका बारेमा काम गर्ने जानकारी दिए ।kamal thapa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?