Breaking News

मार्क जुकरबर्गले कम्प्युटर यसरी सिके

Feb Tue 2020 05:40:23

416 views

मार्क जुकरबर्गले कम्प्युटर यसरी सिके

फेसबुकका संस्थापक मार्क जुकरबर्गले पहिलोपटक कहिले कम्प्युटर देखे होलान् ? यो विषयमा जिज्ञासा हुनु स्वाभाविक हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसारभर नाम मात्र कमाएनन्, विश्वमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि पर्न सफल भए । जुकरबर्गले कम्प्युटरबारे चासो दिन थालेको भने सानैदेखि हो । उनी स्कुलमा पढ्दा नै घरमा कम्प्युटर थियो । उनका बुबा दन्त चिकित्सक थिए । उनको एउटा क्लिनिक थियो ।

जुकरबर्गले स्कुलमा राम्रो गर्न नसकेपछि उनका बुबाले जुकरबर्गलाई कम्प्युटरबारे ज्ञान दिन थाले । जुकरबर्ग १० वर्षको हुँदा उनका बुबाले ‘अल्टेर’ कम्प्युटर किनेका थिए । उनले आफ्नो ‘डेन्टल हस्पिटल’मा पनि कम्प्युटर राखेका थिए । स्कुलमा जुकरबर्गले राम्रो गर्न नसकेपछि घर र हस्पिटलको कम्प्युटरको ‘नेटवर्किङ’मा बाबुछोरा लागेका थिए ।

जुकरबर्गले छिट्टै कम्प्युटर ‘प्रोगामिङ’बारे सिके । थप ज्ञानका लागि उनका बाबुले शिक्षकलाई घरमै आउने प्रबन्ध पनि मिलाइदिए । त्यसपछि जुकरबर्गले ‘ह्याकिङ’ चासो दिन थाले । उनको ‘ह्याकिङ’ दक्षता देखेर माइक्रोसफ्टले उनलाई जागिरको प्रस्ताव गरेको थियो । तर, जुकरबर्गले त्यसलाई अस्वीकार गरिदिए । फेसबुक स्थापना गर्दासम्म जुकरबर्गलाई लाखौँ पैसा तिर्न माइक्रोसफ्टले ११ पटकसम्म ‘अफर’ गरेको थियो । तर, जुकरबर्गले सधैँ अस्वीकार गर्दै आए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?