Breaking News

भैलोमा रमाइलो गरेर हिँड्दा हिँड्दै यौन सम्पर्क भइहाल्यो, अहिले गर्भ बस्यो कि भनेर टेन्सन

Feb Tue 2020 05:40:22

701 views

भैलोमा रमाइलो गरेर हिँड्दा हिँड्दै यौन सम्पर्क भइहाल्यो, अहिले गर्भ बस्यो कि भनेर टेन्सन
भैलोमा रमाइलो गरेर हिँड्दा हिँड्दै यौन सम्पर्क भइहाल्यो, अहिले गर्भ बस्यो कि भनेर टेन्सन भइराखेको छु, रातको नौबजे पोखरा मालेपाटनको औषधि पसलमा एक किशोरीसँगै आएका किशोरले लजाउँदै भने, ‘७२ घन्टे चक्की पाइन्छ नि गर्भ फाल्ने, त्यही दिनुहोस्।'
 औषधि बिक्रेताले औषधि झिकेर दिएपछि आडैमा देउसीभैंलोमा रमाइरहेका साथीहरूले देख्छन् कि भनेर ती किशोरले हतारहतार खल्तीमा हाले र पैसा दिएर भीडमा छिरे।अरू बेला न्दा तिहार लागेपछि गर्भ रहे नरहेको परीक्षण गर्ने किड्स र गर्भ फाल्ने चक्की अत्याधिक बिक्री भएको व्यवसायीहरू बताउँछन्।
यसका अधिकांश ग्राहक किशोर किशोरी र युवा, युवती रहेको उनीहरूको भनाइ छ।'तिहारको बेला केटाकेटीहरूसँगै हिँड्ने, नाचगान र रमाइलो गर्ने भएकोले पनि यौन सम्पर्क हुने र गर्भ रहने गरेको पाइन्छ', नेपाल औषधि व्यवसायी महासंघका पूर्वमहासचिव विष्णु भण्डारीले भने, 'त्यसैले तिहारमा गर्भ परीक्षण गर्ने र रहन नदिने औषधिको बिक्री बढी हुन्छ।'
 कतिपय किशोरकिशोरीसँगै हिँड्दा, नाचगान गर्दा र मोबाइलमा यौन सम्पर्क राखेका तस्बिर तथा फिल्म हेरेर र उत्तेजित हुँदै एकअर्काप्रति आकर्षित हुँदा सम्बन्ध राखेको पाइन्छ। औषधि पसलहरूमा गर्भ फाल्ने औषधि सजिलै पाइने भएकोले अधिकांश जोडीले असुरक्षित ढंगले यौन सम्बन्ध राख्ने र गर्भ रहेको शंका हुनासाथ औषधि किनेर खाने गरेको पाइन्छ।
अरू बेला न्दा तिहार लागेपछि गर्भ रहे नरहेको परीक्षण गर्ने किड्स र गर्भ फाल्ने चक्की अत्याधिक बिक्री भएको व्यवसायीहरू बताउँछन्। यसका अधिकांश ग्राहक किशोर किशोरी र युवा, युवती रहेको उनीहरूको भनाइ छ।
‘बच्चाले चकलेट मागेजसरी औषधि किनेर खान्छन्’, महेन्द्रपुलका एक औषधि व्यवसायीले भने, 'स्कुलदेखि क्याम्पस पढ्ने र विभिन्न पेसाका महिला पुरुष गर्भ फाल्ने औषधि किन्न आउँछन् । पहिलाभन्दा तिहार सुरु भएपछि धेरैले यस्तो औषधि किनेर लगेका छन्।'
कहिलेकाही झुक्किएर गर्भ रहेमा रोक्न प्रयोग गरिने औषधि पटकपटक प्रयोग गरेमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ। कन्डमबिना जो कोहीसँग असुरक्षित यौन सम्पर्क राख्दा स्वास्थ्यमा गम्भीर समस्या देखिनुका साथै यौनरोग र एचआईभी संक्रमणको खतरा निकै बड्ने स्वास्थ्यकर्मीले बताए।
'गर्भ बस्न नदिने औषधिको लगातार प्रयोगले अनेक समस्या उत्पन्न हुनसक्ने भएकोले सचेत हुनु जरुरी छ’, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रेम पंगेनीले भने, 'चक्कीको मात्र भर परेर कन्डम प्रयोग नगर्दा यौनरोग, एचआईभी संक्रमित हुने खतरा हुन्छ । यसले बाँझोपनसमेत ल्याउन सक्छ।'
उनले गर्भ फाल्ने औषधिले हर्मोन र महिनावारी गडबडी हुने, अत्याधिक रक्तस्राव हुने, कहिलेकहीँ गर्भ नजाँदा अपाङ बच्चा जन्मनेलगायतका समस्या देखिनसक्ने बताए। आफूखुसी जथाभावी औषधि नखान उनले सुझाब दिए।यौन सम्पर्क गरेको ४८, ७२ र १२५ घन्टाभित्र खाने चक्की र गर्भपतन गराउने 'मेडाबोन, मिस्टोल' हरूको मूल्य पसलैपिच्छे फरक छ।
कतिपय व्यवसायीले ग्राहक हेरेर रकम असुल्ने गरेका छन्। यस्ता औषधिहरू तालिम लिएका र दर्ता गरेका स्वास्थ्यकर्मीले मात्रै बेच्न पाउने भए पनि धेरैतिर पाइन्छ।असुरक्षित गर्भपतनले योनी तथा पाठेघरको गम्भीर संक्रमण, बाँझोपना, रक्तअल्पता, शारीरिक कमजोरीलगायतका समस्या निम्त्याउने स्वास्थ्यकर्मी बताउँछन्।
कुनैबेला अवस्था जटिल भएर ज्यान जानसक्ने उनीहरूको चेतावनी छ। उच्च रक्तचाप, न्यून रक्तचाप, जन्डिस, शल्यक्रिया गरेर बच्चा जन्माएका, कलिलो र बढी उमेरकाले यस्ता औषधि सेवन गर्न हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?