फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् २०१९ को प्रथम त्रैमासिकमा बन्द गरिएको हो । र फेसबुक प्रयोगकर्ताले हेर्ने हरेक १० हजार सामाग्रीमध्ये ११ देखि १४ वटा सामाग्रीहरुले अश्लीलता तथा यौनिकता सम्बन्धि फेसबुकको नियम उल्लंघन गर्ने गरेका छन् । सन् २०१८ को पछिल्लो ६ महिनामा फेसबुकले विश्वका ९ देशमा गरी ५३ वटा मुख्य अवरोधको सामना गर्नुपरेको थियो । सोही वर्षको पहिलो ६ महिनामा चाहीँ ८ देशमा गरी ४८ वटा मुख्य अवरोधको सामना गरेको थियो । फेसबुकले सामाना गरेका अवरोधमध्ये ८५ प्रतिशत भारतबाट व्यहोर्नुपरेको छ ।