Breaking News

हातमा बाँधेको सेन्सर ब्यान्डले तपाइले कति रक्सी पिउनुभयो बताइदिन्छ

Feb Tue 2020 05:40:49

748 views

हातमा बाँधेको सेन्सर ब्यान्डले तपाइले कति रक्सी पिउनुभयो बताइदिन्छ

अब हातमा बाँधेको एउटा सेन्सर ब्यान्डले तपाईंले कति रक्सी पिउनुभएको छ त्यसको मात्रा बताइदिन्छ ।  यो सेन्सर फिटनेस ट्र्याकर जस्तो छ । यसले शरीरबाट सिधै रक्सीको मात्रा जाँच्छ । फोनबाट जानकारी दिने आवश्यकता पर्दैन । यसले मानिसको त्वचाबाट अल्कोहलको अणुको मात्राबारे जानकारी लिन्छ ।

प्रुफ नामक र्फमले यो सेन्सर ब्यान्ड बनाएको हो जसलाई ‘मिलो सेन्सर’ नाम दिइएको छ । कम्पनीको तर्फबाट सेन्सर बनाउने इवान स्ट्रेकले अब यस प्रोजेक्टका लागि स्रोत जुटाउन कोशिष गरिरहेका छन् । यसको थुप्रै परिक्षणहरु सफल भइसकेको बताइएको छ । यसको तुलना ब्रिदलाइजर्ससँग गर्न थालिएको छ, जुन बजारमा पहिल्यैदेखि छ ।

बजारमा पहिले नै आएकोउ एप ‘ब्लड अल्कोहल क्याल्कुलेटर’ र ‘आर यू बुज्ड’ ले शरीरमा भएको अल्कोहलको मात्राबारे अनुमान लगाउँछ । यो व्यक्तिको लिंग, वजन तथा कति ड्रिङ्स लिएको छ भन्नेमा आधारित हुन्छ । जबकी नयाँ रिस्ट ब्यान्डले तपाईंले कति रक्सी पिउनुभएको छ भन्ने जानकारी दिन्छ जसको आधारमा तपाईंले अगाडिको योजना बनाउन सक्नुहुन्छ । यसका अलावा यसमा एउटा फिचर यस्तो पनि हुन्छ जसले तपाईंको साथीको पिउने क्षमताको बारेमा जानकारी दिन्छ । अमेरिकाको लस भेगासमा जारी रहेको कन्जुमर इलेक्ट्रोनिक शोमा यस्तो ‘सेन्सर’ प्रदर्शन गरिएको हो ।बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?