Breaking News

भारतको नाकाबन्दीविरुद्ध अमेरिकामा पनि प्रदर्शन हुने

Feb Tue 2020 05:40:19

356 views

भारतको नाकाबन्दीविरुद्ध अमेरिकामा पनि प्रदर्शन हुने

बेलायत भ्रमणमा रहँदा त्यहाँस्थित नेपालीहरुको प्रदर्शनका कारण दवावमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब अमेरिकामा पनि त्यस्तै प्रदर्शन भएको सुन्नेछन् । बेलायतमा भारतीय नाकाबन्दी विरुद्ध नेपालीहरुले गरेको प्रदर्शनले धेरैको ध्यान खिचेपछि भारतीय सरकारलाई दवाव दिन अमेरिकामा रहेका नेपालीहरूले पनि विरोध प्रदर्शन गर्दैछन् । भारतले गरेको नाकाबन्दीविरुद्ध बेलायतमा नेपालीहरुले गरेको प्रदर्शनले चर्चा पाएको थियो । अमेरिकास्थित विभिन्न नेपाली विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा नोभेम्बर २२ तारिखमा वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै प्रदर्शन गर्ने तयारी छ । विरोध कार्यक्रममा सहभागि भई भारतीय नाकाबन्दी विरुद्धको आवाज विश्वसामु पुर्याउन सशयोग गर्न त्यहाँस्थित नेपालीहरुले आग्रह गरेका छन् । नेपालीहरुले नेपालको पहिचान झल्कने पोशाक लगाएर प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?