Breaking News

बिद्याथीहरुलाई डिजिटल करिअरका लागि चितवनमा एकदिने वर्कशप सम्पन्न

Feb Tue 2020 05:40:46

279 views

बिद्याथीहरुलाई डिजिटल करिअरका लागि चितवनमा एकदिने वर्कशप सम्पन्न

आइटीमा करिअर बनाउन चाहने बिद्यार्थीहरुका लागि लुम्बिनी आईसिटी कलेजको राइजिङ आईटी युथ क्लबको आयोजनामा नारायणगढमा एकदिने आईटी गोष्ठी सम्पन्न भएको छ । वर्कशपमा बिद्यार्थीहरुलाई सोसल मिडिया, सर्च इन्जिन अप्टिमाइजेसन र आइसिटी क्षेत्रको भविष्यको बारे वेसिक जानकारी दिइयो । अनलाइन र सोसल मिडियाको विकासक्रमसँगै सर्च इन्जिन अप्टिमाइजेसनले आफ्ना वस्तु तथा उत्पादनको सेवा जानकारी गुगल याहु लगायतका सर्च इन्जिनमा देखाउन सकिन्छ भन्ने बारेको जानकारी एससिइओको विज्ञता हासिल गरेका प्रकाश खतिवडाले दिएका थिए । सर्च इन्जिन अप्टिमाइजेसन अबका आइटी पुस्ताका लागि करिअर विल्डअपका लागि राम्रो अवसरको क्षेत्र भएको खतिवडाले बिद्यार्थीहरुलाई बताउदै अनलाइन सोसल मिडियामार्फत यसको प्रयोगमा व्यवसायिक गर्न अब पछि परे आइसिटी क्षेत्रको प्रमोसन नहुनेमा ध्यानाकर्षण गराएका थिए । गोष्ठीमा चितवन, धादिङ, गोरखा, मकवानपुर र लमजुङका २ सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । सेढाई होल्डिङ प्रालिका निर्देशक निर्देश सेढाईको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा गोष्ठीमा विद्यार्थीहरुले राखेको जिज्ञासाको जवाफ नवराज पौडेल र प्रकाश खतिवडाले दिएका थिए । विद्यार्थीहरुलाई आईटी क्षेत्रमा आकर्षण बढाइ यसबारेमा जानकारी दिने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रम क्लबका अध्यक्ष विदुर कुइँकेलको अध्यक्षतामा भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?