Breaking News

सचेत बन्नुहोस् आजै!! तपाईंको पासवर्ड ह्याक हुने ५ कारण यस्तो

Feb Tue 2020 05:40:21

520 views

सचेत बन्नुहोस् आजै!! तपाईंको पासवर्ड ह्याक हुने ५ कारण यस्तो

। पासवर्ड ह्याक हुनबाट बच्नका लागि यसो गनुस्, यसो नगर्नुस्, यस्तो पासवर्ड राख्नुस् भन्ने कुरा त तपाईंले धेरै नै सुन्नु भएको होला, तर स्ट्रङ्ग पासवर्ड कसरी राख्ने वा ह्याक हुनबाट कसरी बच्ने भन्ने कुरा धेरैलाई जानकारी नहुनसक्छ ।

यदि तपाईंलाई पासवर्ड कसरी ह्याक हुन्छ, भन्ने कुराको जानकारी भयो भने ह्याक हुनबाट बच्नका लागि सावधानी अपनाउन सक्नुहुन्छ ।

१. ब्रुट फोर्स अट्याक जसरी क्रयाक गरिन्छ पासवर्ड

यस तरिकाले ह्याकरहरु हरेक किसिमका पासवर्ड ह्याक गर्छन् । यो ह्याक गर्ने निकै उपयोगी र चर्चित तरिका हो । यसमा पासवर्डलाई क्रयाक गर्नका लागि ह्याकरहरुले हरेक किसिमका कम्बिनेशनलाई ट्राइ गर्छन् । निकै नै स्ट्रङ्ग पासवर्ड ह्याक गर्न भने यो तरिकाबाट केही कठिन हुन्छ ।

2. भुलभूलैयामा पारेर फुत्काउँछन् पासवर्ड

पासवर्ड ह्याक गर्ने अर्को प्रचलित तरिका हो । यो तरिकाले ह्याकरहरु प्रयोगकर्तालाई यति धेरै भ्रममा पार्छन् कि उनीहरु स्वयमले पासवर्ड भनिदिन्छन् । मात्र उनीहरुसँग पासवर्ड सोध्ने तरिका अलग हुन्छ । यसक्रममा ह्याकरहरुले फेक इमेल तथा फेक एप्सद्वारा पासवर्ड सोध्छन्, कुनै कामका लागि नै भनेर प्रयोगकर्ताले हानेको पासवर्ड चोरिएकोसमेत प्रयोगकर्ताले पत्तो पाउँदैनन् ।

3. सबैभन्दा बढी प्रयोग हुन्छ डिक्सनरी अट्याक

यो ह्याकिङका लागि सबैभन्दा धेरै प्रयोग हुने तरिका हो । यस टेक्निकमा एउटा सिम्पल फाइल कुनै असामान्य शब्दको साथमा हुन्छ । धेरै नै चलाख प्रयोगकर्ताहरुले यस्ता कम सुनिएका शब्द कतै देखे भने पासवर्डमा प्रयोग गर्न थाल्छन् । तर, ह्याकरले बिछ्याएको पासोमा आफू परेको उनीहरुलाई पत्तो नै हुँदैन । यसबाट बच्ने तरिका भनेको आफ्नै तरिकाको स्ट्रङ्ग पासवर्ड प्रयोग गर्नुहोस् । यसमा A, B, C, D जस्ता अक्षरहरु मात्रै नभएर &, *, %, @, #, ! जस्ता क्यारेक्टर पनि मिसाउनु उपर्युक्त हुन्छ ।

4. टोर्जन्स र भाइरसबाट सिस्टममै हुन्छ ह्याक

ह्याकरहरु प्राय यस्तो प्रोग्राम बनाउँछन्, जसबाट तपाईंको मेशिन वा उसको नेटवर्कलाई ह्याक गरी सम्पूर्ण जानकारी चोर्न सकियो । यसरी चोरिएका डेटाहरु गलत काममा नै प्रयोग हुन्छ । यहि तरिका भाइरस वा टोर्जन अट्याक भनिन्छ ।

5. पासवर्ड ह्याक गर्ने इलेक्ट्रोनिक तरिका हो शोल्डर सर्फिंग

शोल्डर सर्फि‌ंगमा यूजरको प्राइभेट इन्फर्मेशनलाई इलेक्ट्रोनिक तरिकाबाट चोरिन्छ । निजी आईडेन्टिफिकेसन नम्बर, एटीएमको पासवर्ड चोर्न यस्तो तरिका बढी प्रयोग हुन्छ ।

ह्याकिङका यी त सामान्य तरिका भए । अन्य तरिका पनि हुन्छन् । जसको प्रयोग हुन्छ भने हामी सामान्य प्रयोगकर्ताहरु त्यसबाट बच्न गाह्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?