Breaking News

खड्गभञ्याङ चण्डेश्वरी मा.वि.लाई ANFS अष्ट्रेलियाका सुबेदीद्धारा शैक्षिक सामाग्री र सहयोग

Feb Tue 2020 05:40:46

270 views

खड्गभञ्याङ चण्डेश्वरी मा.वि.लाई ANFS अष्ट्रेलियाका सुबेदीद्धारा शैक्षिक सामाग्री र सहयोग

अभिषेक उप्रेती /अष्ट्रेलिया

गत बैशाख १२ गतेको भुकम्पले क्षति पुर्याएको नुवाकोट जिल्ला खड्गभञ्याङ ७ जोगीडाँडाको चण्डेश्वरी मा.वि.लाई अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटी (ANFS) बिद्याकी देवी सरस्वतीको पूजाको अवसर पारेर फाल्गुन १ गते सहयोग हस्तान्तरण गरेको छ । खड्गभञ्याङ चण्डेश्वरी मा.वि. नुवाकोट जिल्लाकै विकट स्थानमा रहेको बिद्यालय अन्तर्गत पर्दछ । विनाशकारी भुकम्पले चण्डेश्वरी मा.वि.को भौतिक संरचनामा क्षति पुर्याएको थियो । जसका कारण वालबालिकाहरु खुल्ला आकाशमुनि पढ्न बाध्य थिए । गरीब र सीमान्तकृत वालबालिकाहरु भुकम्पबाट बिद्यालयको संरचना बिगारेपछि पहिलेको अवस्थमाा बिद्यालय भवन कहिले बन्ला भन्ने चिन्तामा थिए जति बिद्यालय व्यवस्थापन पक्ष र बिद्यालयका प्रधानाध्यपक, शिक्षक एवं अभिभाकवहरु थिए ।anfs subedi तर समाजसेवाको मर्म र धर्मलाई मनन गरेका समाजसेवी श्री कुमार बिक्रमजंग पाण्डेले आफ्नो पहिलो दायित्व खड्गभञ्याङ चण्डेश्वरी मा.वि. को पुर्ननिर्माणका लागि सहयोग जुटाउन ठाने । सोही अनुरुप अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटी एएनएफएसका अध्यक्ष श्री बिक्रम सुवेदीसँग समन्वय गर्दै सहयोग संकलनमा अग्रसर रहे । ANFS का अध्यक्ष समेत रहेका बिक्रम सुवेदीेले अष्ट्रेलियाको क्यानबेरामा छरिएर रहेका नेपालीहरुका लागि लक्षित गरी बिभिन्न सामाजिक तथा साँस्कृतिक कार्यक्रम सञ्चालनमा समन्वय र सम्पादन गर्दै आए । समाजसेवी श्री कुमार बिक्रमजंग पाण्डेसँगको समन्वयमा भुकम्पले जिर्णोदार बनेका बिद्यालयलाई पुर्ननिर्माणका लागि सहयोगी जुटाउनेतर्फ सुवेदीले समाजसेवी हात अष्ट्रेलियाको क्यानबेरामा रहेका नेपालीहरु समक्ष फैलाए । पाण्डे र सुवेदीको समाजसेवी अभियानलाई क्यानबेरामा रहेका नेपालीहरुले पनि सक्दो साथ दिए ।  anfs subedi फाल्गुन १ गते श्रीपञ्चमी अर्थात सरस्वती पूजाको दिन पारेर नुवाकोट जिल्ला खड्गभञ्याङको चण्डेश्वरी मा.वि. को प्रत्यक्ष अवलोकन गरेर सहयोग रकम अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटीका अध्यक्ष बिक्रम सुवेदीले शैक्षिक सामाग्री र सहयोग हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षता र प्रधानाध्यपक श्री सूर्य ढुंगानाको उपस्थितीमा शैक्षिक सामाग्रीहरु किताब कपी कलम, झोला, स्वीटर ज्याकेट र कम्वल बितरण गरिएको थियो । anfs donation सुवेदीले बिद्यालयको भौतिक संरचना पुर्ननिर्माणका लागि संकलित एकमुष्ट सहयोग रकम बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे । अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटीद्धारा निर्मित अस्थायी टहरोमा बिद्यार्थीहरु शिक्षा लिइरहेका छन् । चण्डेश्वरी मा.वि को भौतिक संरचना निर्माणका लागि लाग्ने कुल रकम खड्गभञ्याङ ७ जोगीडाँडाको स्थानीय बासिन्दा अभिभावक र अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटीबाट समन्वयबाट जुटाइने बिक्रम सुवेदीले बताए । 9 भुकम्पले खड्गभञ्याङ ७ जोगीडाँडाको स्थानीय समुदायमा परेको पानीको संकट समाधानका लागि समेत अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटीले पहल गर्ने संस्थाका अध्यक्ष सुवेदीले बताएका छन् । अहिले जोगीडाँडाका स्थानीय बासिन्दाहरुको खानेपानी लिन ४५ मिनेट हिडेर जानुपर्ने कष्टकर जीवनशैली छ । यसलाई प्रत्यक्ष देखेका सुवेदीको मनलाई छोयो । खानेपानीको संकट समाधानका लागि फेरि अर्को सामाजिक अभियान अष्ट्रेलियामा रहेका नेपालीहरु माझ थाल्ने र सहयोग रकम जुटाउने प्रतिबद्धता समेत गरेका छन् । पैसा नै ठूलो होइन मन र आत्मा ठूलो हुनुपर्दछ यो नी सच्चा मानवीयताको पहिचान हो भन्ने उदाहरण बनेको छ अष्ट्रेलिया नेपाल फ्रेण्डशीप सोसाइटी र समाजसेवी बिक्रम सुवेदी । सुवेदीको यो सामाजिक सहयोग अभियानलाई नुवाकोट खड्गभञ्याङ ७ जोगीडाँडाका स्थानीय बासिन्दा, बिद्यालय परिवार र बिद्यार्थीहरुले फुलमाला अबीरसहित भव्य स्वागत तथा बिदाई समेत गरे । बिक्रम सुवेदी जस्तै सामाजिक मन भएका व्यक्तित्वहरुले अहिलेको समाजले खोजिरहेको छ । के तपाई पनि यस्तै सामाजिक अभियानमा सरिक हुने की ? आजै मनन गर्नुहोस्, भोलि भने ढिला भइन्छ, कहाँ पुगिन्छ थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?