Breaking News

आमाको श्रापका कारण छोराहरु छोरीभन्दा कम बाँच्ने गरेको वैज्ञानिकहरुको दाबी

Feb Tue 2020 05:40:35

473 views

आमाको श्रापका कारण छोराहरु छोरीभन्दा कम बाँच्ने गरेको वैज्ञानिकहरुको दाबी

महिलाहरु पुरुषभन्दा कमजोर हुन्छन् भन्ने मान्यता छ । यद्यपि पुरुष भन्दा महिलाहरुको औषत आयु तथा संख्या पनि सामान्य रुपमा बढि नै हुन्छ । महिलालाई कमजोर लिंगी ठानिने तर उनीहरु बढि दीर्घजिवी हुने यो विरोधाभाषको कारण के होला ? वैज्ञानिकहरुले यो विषयमा गहन अध्ययन गरेर गुह्य कुरा पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार महिलाहरु पुरुषभन्दा कमजोर हुने होइन की पुरुषहरु नै महिला भन्दा कमजोर हुन्छन् ।

अनुवंश वैज्ञानिक निल गेमेलका अनुसार आमाहरुले छोरा जन्माउँदा नै ‘श्राप दिएर’ जन्माएका हुन्छन् । त्यो श्राप भनेको छोराहरुमा असामान्य खालको डिएनए हुन्छ, जुन छोरीहरुमा सामान्य तथा बढि स्वस्थ हुन्छ ।

डिएनले मानिसको सरीरका सबै चिजमा प्रभाव पार्छ, मस्तिष्कदेखि मुटु सम्म, मांशपेशीको शक्तिदेखि प्रजनन क्षमतासम्म । जन्मजात डिएनएमा हुने गडबडीकै कारण पुरुषहरु महिलाभन्दा छिटो मृत्युको मुखमा पुग्ने वैज्ञानिकको भनाइ छ ।

तर सोही डिएनए महिलाका लागि भने हानिकारक हुँदैन र त्यो महिलाको शारीरिक आवश्यकतासँग अनुकुलित हुन्छ । न्युजिल्याण्डको युनिभर्सिटी अफ ओटागोका शोधकर्ता निल गेमेलले यसलाई आमाको श्रापको संज्ञा दिएका छन् ।

प्राध्यापक गेमेलले कोषभित्र हुने माइटोकोन्डि्रयाको डिएनएको संरचनाको आधारमा महिला र पुरुषको लैंगिक क्षमताको भिन्नताका बारेमा नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् । माइटोकोन्डि्रया कोषको यस्तो भाग हो जसले सरीरका हरेक अंगलाई चाहिने आवश्यक शक्ति उत्सर्जन गरेर प्रवाहित गर्दछ ।man

शोधकर्ता गेमेलका अनुसार माइटोकोन्डि्रयाको डिएनए मैथुनिक प्रजननका क्रममा केवल आमाबाट मात्र सन्तानमा सर्दछ, बुवाबाट सर्दैन । आमाबाट सरेको डिएनए छोराले आफुभन्दा पछिल्लो पुस्तामा सार्न नसक्ने तर छोरीले मात्र आफ्ना सन्तानमा सार्न सक्दछ ।

यसरी केवल आमाबाट मात्र यो डिएनए अर्को पुस्तामा सर्ने भएकाले महिलाका लागि हानिकारक हुने डिनएहरु हट्दछन् तर पुरुषका लागि हानिकारक हुने डिएनए भने कायम रहन्छ । अर्थात् पुरुषको मुटु, मस्तिष्क, मांशपेशीको स्वास्थ्यका लागि उर्जाको तह कायम राख्नमा लाभदायी नहुने डिएनए पुरुषमा आमाबाट सर्दछ जसका कारण पुरुषहरुलाई असर पुग्दछ । त्यसैले पुरुषहरु महिलाभन्दा औषतमा ३-४ वर्ष कम बाँच्ने निष्कर्ष उनले निकालेका छन् ।

शोधकर्ता गेमेलले यसलाई पुरुषप्रतिको क्रमविकाशको अन्याय भनेका छन् । महिलाबाट सरेको अणुले पुरुषको आयुलाई बन्धकीमा राखिदिने तर्क उनको छ । यद्यपि डिएनएको गडबडीका कारण छोटिने आयु केवल २-४ वर्षमात्र हुने र यो समग्र जिवनको तुलनामा निकै कम रहेको हुँदा चिन्ता गरिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।-डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?