Breaking News

अहा !सल्यानको यात्रा गन्तव्य (फोटो कथा)

Feb Tue 2020 05:40:59

494 views

अहा !सल्यानको यात्रा गन्तव्य (फोटो कथा)
  • शब्द / तस्बिर : कुलदीप न्यौपाने

नेपालगञ्जबाट २ सय ३५ किलोमिटर उत्तरपूर्वमा ७ घण्टाको बस यात्रापछि पुग्न सकिने सल्यान मध्यपश्चिम बिकास क्षेत्रको पहाडी जिल्ला हो । सल्यान विभिन्न किसिमका जडिबुटीहरु, अदुवा, सुन्तला, कागतीका साथै तरकारीका लागि समेत उर्वर मानिन्छ ।

सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । यहाँको सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट कृषककहाँ नै पुग्ने गर्दछन् ।

प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको सल्यान उचित प्रचार प्रसार र पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वर्द्धनको अभावमा ओझेलमा परेको छ ।

दाङको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको कपुरकोटस्थित देशकै चर्चित तरकारी बजार केन्द्र भएर सल्यान प्रवेश गर्ने मुख्य नाका हो । सल्यान प्रवेशको मुख्य द्वार कपुरकोट जिल्लाकै चर्चित तरकारी बजार केन्द्र हो । यहाँको तरकारी काठमाडौं, नारायणगढ, वुटवल, नेपालगञ्ज, दाङलगायतका ठाउँहरुमा पुग्ने गर्दछ । जिल्लाको बीच भागबाट नै बगेको शारदा नदीले जिल्लाको सुन्दरता बढाउनुका साथै शारदाका फाँटहरुमा धानबालीका लागि सिचाइको सुविधा प्रदान गरेको छ ।

राप्ती राजमार्ग सल्यान हुँदै रुकुमसम्म पुगेको छ । त्यस्तै, सुर्खेत हुँदै भेरी नदीको तिरैतिर भएर पश्चिम सल्यानको सल्लीबजारबाट पनि सल्यान प्रवेश गर्न सकिन्छ । यो सडकले सुर्खेत हुँदै जाजरकोटसम्म पुग्ने गर्दछ ।

कुपिन्डे दह

सल्यान जिल्लाको प्रमुख  पर्यटकीय स्थल भन्दा नि फरक नपर्ला कुपिण्डे  दहलाई । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ ।चारैतिर  पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ  । वरिपरि मिलेका  पहाड, हरियो  जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे दह ।

step0001 (10)कुपिन्डे दहको  क्षेत्रफल कति छ भनेर नाप नभए पनि स्थानीयबासीले २ हजार ८ सय क्षेत्रफलमा फैलिएको दावी गर्छन् ।वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा-टाढा भक्तजनहरु समेत आउने गर्दछन् । कुपिण्डे दहले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।

रहस्यमय के छ भने दहको पानी बगेर जाने ठाउँ देखिदैन र यसको गहिराइ कति छ भन्ने अनुमानबाहेक यथार्थ कसैले पत्ता लगाउन सकेको छैन । दहकै छेऊमा रहेको मन्दिरमा बराहदेवको आराधना गरिन्छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन ठूलो मेला लाग्दछ ।

12631273_784033931741450_4622891904179892039_n

कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गा सञ्चालनमा ल्याएको छ । दहमा आएर डुङ्गा सयर गरेर घुम्न पाउँदा पर्यटकहरु छुट्टै आनन्द महसुस गर्दछन्  । उत्तर दक्षिणतर्फ फैलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । दहमा पानी कतैबाट आउँदैन तर दक्षिण खाडल भएर निस्कन्छ । वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ ।

दहको पानी स्वच्छ र सफा भएकाले वरपरका गाविसमा खानेपानीको सुविधा समेत पुर्‍याउन सकिने सम्भावना रहेको छ । राम्रो सम्भावना हुँदाहुँदै पनि विकासका पूर्वाधारहरुको अभावका कारण कुपिण्डे दहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिएको छैन । तीव्र भू-स्खलन र वरिपरिको जंगल संरक्षण नभएको हुँदा वर्षेनी दह पुरिने खतरा पनि उत्तिकै मात्रामा बढिरहेको छ । त्यसतर्फ सरोकारवाला निकायले बेलैमा चिन्ता गर्न जरुरी छ ।

छायाक्षेत्र

नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।

दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ ।step0001 (8)

सल्यान सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्नेउक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।

त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुनसकेको छैन ।

५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ ।

मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूमिमा कालआदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।

पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ-जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूण्यभूमि भएको जानकारहरु बताउँछन् ।

मेलामा बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, दाङ, प्यूठानलगायतका जिल्लाबाट थुप्रै तीर्थयात्रीहरु आउने गर्दछन् । भेडा र कुखुराको बलि चढाइने उक्त मन्दिरमा सन्तान नभएका जोडीहरु आएर पूजा आराधना गरी सन्तान प्राप्तिको कामना पनि गर्दछन् ।

खैराबाङ

खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । सल्यानको शारदा नगरपालिका वडा नं.११ खैराबाङमा रहेको मन्दिर स्थललाई सत्ययुगमा महादेवले सत्यदेवीको मृत शरिर बोकेर विश्व भ्रमण गर्दा देवीको अंग पतन भएको विश्वास गरिन्छ ।step0001 (11)

खैराबाङ भुवनेश्वरी मन्दिर समुन्द्री सतहबाट १ हजार ६ सय फिट अग्लो पहाडमा अवस्थित छ । यो मन्दिर सल्यान सदरमुकाम खलंगादेखि १६ किमि पूर्वी दक्षिण खैराबाङमा पर्दछ । खैराबाङ पुग्न सल्यानको व्यापारिक केन्द्र शीतलपाटीबाट एक घण्टा र सदरमुकाम खलंगा हुँदै साढे दुई घण्टा लाग्दछ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मंगलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा विशेष दर्शन हुने गर्दछ ।

चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरुको घुइँचो लाग्दछ ।यस मन्दिरमा भवानी भुवनेश्वरीले मनले चिताएकोमनकामना पूरा गर्ने विश्वास लिएर बलि चढाउने गरिन्छ भने बाहृमणक्षेत्रीहरुले मन्दिर वरिपरि चण्डीपाठ गर्दछन् ।

खैराबाङमा वैदिककालमा पूजा आराधना गरी काम, क्रोध, लोभ, मोह, मद (घमण्ड) र मात्सर्य (इर्ष्या) त्याग्न देवीसँग माग गरिन्थ्यो । पौराणिककालबाट बलि दिने चलन सुरु भएको बताइन्छ । खैराबाङमा पञ्चबलिका रुपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउँदछन् ।

मन्दिरमा सदरमुकाम र शीतलपाटीबाट मोटरबाटो र मन्दिर परिसरमा विद्युत सेवा उपलब्ध छ । मन्दिर २७ रोपनी जग्गामा फैलिएको मन्दिरलाई व्यवस्थित गर्दै प्रचार प्रसार गरेर लैजान सके सल्यान जिल्लालाई धार्मिक र प्राकृतिक पर्यटनको गन्तव्य बनाउन सकिने निकै राम्रो सम्भावना छ ।

step0001 (9) step0001 (7) step0001 (6) step0001 step0001 (1) step0001 (2) step0001 (3) step0001 (4)

- Salyandristikon.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?