Breaking News

आतङ्कवादीले युरोप अमेरिका र पेरिसमै थप हमला गर्न सक्ने फ्रान्सका प्रधानमन्त्रीको हवला सबैलाई सतर्क रहन आग्रह

Feb Tue 2020 05:40:52

395 views

आतङ्कवादीले युरोप अमेरिका र पेरिसमै थप हमला गर्न सक्ने फ्रान्सका प्रधानमन्त्रीको हवला सबैलाई सतर्क रहन आग्रह

फ्रान्सका प्रधानमन्त्री म्यानुएल भल्जले सोमबार फ्रान्स तथा युरोपेली अन्य मुलुकमा थप आतङ्ककारी हमला हुनसक्ने सम्भावना रहेको बताउनुभएको छ ।

आतङ्ककारीबाट आगामी केही दिनभित्र वा हप्तामा आतंकवादी हमला हुनसक्ने बताउँदै प्रधानमन्त्री भल्जले भन्नुभयो, “आतङ्कवादीले गएको हप्ता बर्बरतापूर्वक आक्रमण गरेका छन् र आगामी केही दिन वा हप्ताभित्र फेरी आक्रमण गर्नसक्ने सम्भावना छ । मैले यो कसैलाई तर्साउन भनेको होइन । तर सबै आ–आफ्नो ठाउँमा सतर्क रहनु पर्छ ।”

स्थानीय रेडियो आरटीएलसँग कुराकानी गर्दै भल्जले थप्नुभयो, “हामीलाई थाहा हुन आएअनुसार थप आक्रमणको तयारी भइरहेको छ । आक्रमण फ्रान्सलाई मात्रै लक्षित गरी नभई अन्य युरोपेली राष्ट्रहरुलाई समेत निशाना बनाइने तयारी आतङ्कवादीहरुले बनाएको सूचना हामीले प्राप्त गरेका छौँ । आगामी केही दिन सबैले होसियारी अपनाउनुपर्ने हुन्छ ।”

पेरिस आक्रमणको घटनालाई लिएर फ्रान्स सरकारले रातभर शङ्कास्पद इस्लामिक लडाकूका बासस्थानमा खानतलासी गरेको र यस सिलसिलामा विभिन्न २३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

खानतलासीका क्रममा इस्लामिक लडाकूका थप आक्रमणका योजना सम्बन्धमा समेत सूचनाperis attack 2015 प्राप्त भएको उहाँले कुराकानीमा बताउनुभएको छ ।

सरकारी सुरक्षाकर्मीले खानतलासीपछि १०४ जनालाई घरभित्रै नजरबन्दमा राखी अनुसन्धानलाई जारी राखेकोसमेत फ्रान्सेली प्रधानमन्त्री भल्जले बताउनुभयो ।

प्रहरीले पक्राउ परेका लडाकूबाट केही सानो दुरी हान्नसक्ने क्षेप्यास्त्रसहित विभिन्न खालका ३१ वटा हतियार फेला पारेको सरकारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?