नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि सानो परिमाणको डाटा प्याकेज(स्मल भोलुम डाटा प्याकेज)अफर ल्याएको छ। कात्तीक २२ गेतदेखि लागू हुने गरी टेलिकमले ल्याएको उक्त अफर अनुसार जिएसएम तथा सिडिएमएका प्रिपेड र पोष्टपेड फोन प्रयोगकर्ताले उक्त डाटा प्याकेज लिन सक्ने छन् ।
अफरअनुसार जिएसएमका प्रिपेड र पोष्टपेड दुबै ग्राहकका लागि भ्याटबाहेकको ८ रुपैयाँमा १० एमबी डाटा दिइने र यसको अवधी दुई दिनको मात्र रहने टेलिकमले जनाएको छ । त्यस्तै, जिएसएमकै प्रयोगकर्ताका लागि भ्याटबाहेकको ३५ रुपैयाँमा ५० एमबी डाटाको १० दिने प्याकेज ल्याएको जनाएको छ। त्यसैगरी, सिडिएमएका प्रिपेड र पोष्टपेड ग्राहकका लागि १५ रुपैयाँमा ४० एमबी डाटाको ३ दिने प्याकेज ल्याइएको जनाएको छ ।
उक्त डाटा प्याकेजहरु लिँदा १३ प्रतिशत मूल्यअभिवृद्धि कर(भ्याट) लाग्ने पनि टेलिकमले जनाएको छ। लामो समयदेखि सानो परिमाणको डाटा प्याकेज माग गर्दै आउने ग्राहकलाई यो अफर उपयोग हुने टेलिकमको विश्वास छ ।
हेर्नुस् डाटा लिने तरिका: