Breaking News

'हाम्रो पुलिस' मोबाइल एप्स

Feb Tue 2020 05:40:47

462 views

'हाम्रो पुलिस' मोबाइल एप्स

काठमाडौं उपत्यकाका नागरिकले अब प्रहरीमा आपराधिक सूचना, गुनासा तथा सुझाव आफ्नो मोबाइल एप्सबाटै दिन पाउने भएका छन् । महानगरीय प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको 'हाम्रो पुलिस' मोबाइल एप्स डाउनलोड गरी मोबाइलमार्फत प्रहरीलाई सूचना दिन सकिने जानकारी दिएको हो । प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने नीतिअनुरुप उपत्यकाका तीन जिल्लामा पहुँच हुनेगरी एप्स ल्याइएको जानकारी दिए । प्रयोगकर्ताले स्मार्ट र एन्ड्रोइड मोबाइलमा सो एप्स डाउनलोड गरी आफ्नो विवरण दिनुपर्दछ । एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने विश्वास महानगरीय प्रहरीले लिएको छ । घटना तथा अपराधको सचित्र विवरणको बारेमा महानगरीय प्रहरीलाई जानकारी गराउन सकिने, हराएका वा फेला परेका व्यक्ति वा सर-सामानको विवरणसमेत पठाउन सकिने प्रहरीले जानकारी दिएको छ । इन्टरनेट नभएको स्थानबाट समेत एसएमएसमार्फत घटना तथा अपराधको विवरण पठाउन सकिने प्रहरीले जनाएको छ । एप्समार्फत आमनागरिकका जनगुनासा पठाउन सकिने र आफू रहेको स्थान नजिकको प्रहरी कार्यालयको विवरण तथा नक्सा प्राप्त गर्न सकिनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?