Breaking News

जियोनी म्याराथन एम ५ नेपालमा, मूल्य रु. २९ हजार ९ सय ९९

Feb Tue 2020 05:40:13

1120 views

जियोनी म्याराथन एम ५ नेपालमा, मूल्य रु. २९ हजार ९ सय ९९
M5-Pic1कम्पनी जियोनीले आईतबारबाट नेपाली बजारमा आफ्नो नयाा स्मार्टफोन मोडेल जियोनी म्याराथन एम ५ ल्याएको छ । जियोनीको एमसिरिज विशेषत ब्याट्रीमा केन्द्रित रहेको छ । म्याराथन एम ५ यहि सिरिजको सबै भन्दा नयाा मोडेल हो । यो जियोनीको एक मात्र डुअल ब्याट्री मोडेल हो । यो फोनमा दुई ओटा ब्याट्री रहेको छ जसको कुल क्षमता ६०२० एमएएच छ । जियोनीको विश्वास रहेको छ कि म्याराथन एम ५ ले घरि (घरि स्मार्ट फोन चार्ज गरी राख्न पर्ने प्रयोगकर्ताहरुको समस्यालाई निर्मूल पार्ने छ । एम ५ ले ११८५ घण्टा सम्मको स्ट्यान्ड बाइ समय र ५७.५ घण्टा सम्मको फोन कल समय, १४ घण्टाको वेब ब्राउजिङ्ग र भिडियो हेर्ने समय प्रदान गर्ने जियोनीको दावी छ । एम ५ मा एक्स्ट्रीम पावर सेभिङ्गमोड पनि रहेको छ जस अन्तर्गत ५५ ब्याट्रीमा प्रयोगकर्ताहरुले ३२ घण्टा स्ट्यान्ड बाइ समय र ३ घण्टाको फोन कल समय प्राप्त गर्न सक्नेछन् । फोनमा दुई ओटा चार्जिङ्ग चिप्स रहेको छ र ९ भि ( २ ए को चार्जर सहितफोन उपलब्ध हुनेछ जसले गर्दा फोन अति नै छिटो चार्ज हुनेछ । एम ५ आफैले एकै समयमा ओ टि जी रिभर्स चार्जको माध्यमबाट दुई ओटा स्मार्टफोन चार्ज गर्न सक्नेछ ।       gionee-launched-new-smartphone-with-6020-mah-battery-552x330 एम ५ डुअल सिम (४जी+४जी) मोडेल हो । एम ५ मा अति नै पातलो मेटालिक युनिबडी डिजाइन रहेको छ । यसमा ५.५“ को एच डी (१२८० x ७२०) एमोलेड स्क्रिन रहेको छ । एम ५ मा रियर क्यामेरा १३ मेगापिक्सलको र फ्रन्ट क्यामेरा ५ मेगापिक्सलको रहेको छ । १६ जी बि इन्टरनल मेमोरी (कार्ड मार्फत १२८ जी बि बनाउन सकिने) र २ जी बिर् याम एम ५ मा उपलब्ध हुनेछ । एम ५ मा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ र यो फोनमा आन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ हुनेछ । जिओनी एम ५ को मूल्य रु. २९ हजार ९ सय ९९ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?