Breaking News

नाइटभिजन क्यामरा जडित पहिलो स्मार्टफोन

Feb Tue 2020 05:40:50

707 views

नाइटभिजन क्यामरा जडित पहिलो स्मार्टफोन

डेनिस कम्पनी लुमिंगमले उत्कृष्ट डिजाइन तथा यूनिक फिचरका साथमा विश्वकै पहिलो नायट भिजन क्यामरा जडित स्मार्टफोन बनाएको छ । टि थ्री नामको यो क्यामराको मूल्य ७४० डलर तोकिएको छ ।

लुमिंगम टी थ्री स्मार्टफोनमा ४ मेगापिक्सेलको नाइज भिजन क्यामरा रहेको छ । जसबाट अँध्यारोमा पनि फोटो तथा भिडियो खिच्न सकिन्छ ।

यो स्मार्टफोन मरीन ग्रेड ३१६ स्टेनलेस स्टिबाट बनाइएको छ र होर्द निकै शानदार छ । फोनमा गोरिल्ला ग्लास फोरद्धारा सुरक्षा प्रदान गरिएको छ र टिकाउपनाको लागि फाइबर ग्लास पनि राखिएको छ । स्मार्टफोन पानी तथा धूलो प्रतिरोधी रहेको बताइन्छ ।

यसमा २.२ गिगाहर्जको अक्टाकोर प्रोसेसर छ भने एन्ड्रोइड सिक्स मार्समेलो अपरेटिंग सिस्टम रहेको छ । यसमा थ्री जिबीको र्याम तथा १२८ जिबीको स्टोरेज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?