Breaking News

महेन्द्र कान्ति उ.मा.वि. पूर्व बिद्यार्थी मञ्चको सम्मान तथा पुस्तकालय स्थापना कार्यक्रम

Feb Tue 2020 05:40:32

223 views

महेन्द्र कान्ति उ.मा.वि. पूर्व बिद्यार्थी मञ्चको सम्मान तथा पुस्तकालय स्थापना कार्यक्रम

श्री महेन्द्र उच्च मा.वि को पूर्व बिद्यार्थी मञ्चले २०७३ असार २६ गते सम्मान तथा पुस्तकालय स्थापना एक भव्य कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । आयोजित कार्यक्रममा लायन्स क्लव अफ सिन्धुपाल्चोक लायन्स क्लव अफ काठमाडौं गौतम बुद्ध द्धारा पुस्तकालय बिद्यालयलाई हस्तान्तण गरिएको थियो । कार्यक्रममा बोल्दै लायन्स क्लवका पदाधिकारीले बिद्यालयलाई पुस्तकालय स्थापनाका लागि सहयोग गर्न पाउदा खुशी लागेको र पुस्तकालयको अधिकतम उपयोग र सदुपयोग गर्न सुझाव दिदै भविष्यमा आवश्यकताअनुसार थप पुस्तकहरु प्रदान गर्ने प्रतिबद्दता समेत व्यक्त गरे । आयोजित कार्यक्रमको अवसरमा २०७२ को एसएलसी परीक्षमा उत्तीर्ण २७ जना बिद्यार्थीहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट अंक ल्याउने ३ जनलाई रु १०००० नगद पुरस्कार पूर्व बिद्यार्थी मञ्चद्धारा प्रदान गरिएको थियो । साथै पूर्व बिद्यार्थी मञ्चले खेल मैदान निर्माण, १ जना शिक्षिकाको १ वर्ष बराबरको तलव भत्ता (मोन्टेश्वरी वेस), कक्षा ११ र १२ को उत्कृष्ट २ २ जनालाई छात्रबृद्धि लगायतका बिभिन्न शैक्षिक सहयोगाृ घोषणा कार्यक्रमका सभापति तथा पूर्व बिद्यार्थी मञ्चका का.व. अध्यक्ष सुवर्ण ध्वज खड्काले गर्नुभएको थियो । बिद्यालयका प्रधानाध्यापक केदार प्रसाद भण्डारीले पूर्व बिद्यार्थी मञ्चको बिद्यालय र बिद्यार्थीप्रतिको सहयोग कार्य सर्हानीय र प्रशंसनीय रहेको बताउदै लायन्स क्लवलाई पुस्तकालय स्थापनाका लागि विशेष सहयोग पुर्याएको धन्यवाद व्यक्त गर्नुभयो । श्री महेन्द्र उच्च मा.वि काठमाडौंबाट ७० किलिोमिटर कालिका ६ सिन्धुपाल्चोकमा अवस्थित रहेको छ ।CAM00102 CAM00114

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?