Breaking News

काठमाडौं कीर्तिपुर केन्द्र भएर भुकम्प, कति रेक्टर भूकम्पको असर कस्तो ?

Feb Tue 2020 05:40:31

787 views

काठमाडौं कीर्तिपुर केन्द्र भएर भुकम्प, कति रेक्टर भूकम्पको असर कस्तो ?

राजधानीमा विहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीवार राति ९ बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । ३.५ रेक्टरको गतिमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु कीर्तिपुर रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर नुवाकोट र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको विवरण प्राप्त भएको छ ।

कति रेक्टर भूकम्पको कस्तो असर ?

गत वैशाख १२ गते नेपालमा ठूलो भूकम्प आयो। ८ हजारभन्दा बढी मानिसहरुले भूकम्पमा ज्यान गुमाए। हजारौं घाइते भए। अहिले पनि भूकम्पका परकम्पहरु आउन भने छाडेका छैनन्। बेलाबेलामा यसले मानिसहरुलाई तर्साइ नै रहेको छ। कति रेक्टरको भूकम्पले कस्तो असर गर्छ। ० देखि १ दशमलव ९ - यो सिज्मोग्राफबाट मात्र पत्ता लाग्छ। मनिसहरुले थाहा पाउन सक्तैनन्। २ देखि २ दशमलव ९ - यसले हल्का कम्पन पैदा गर्छ। ३ देखि ३ दशमलव ९ -  ट्रक नजिकबाट गुड्दा हल्लिएको जस्तो भान हुन्छ। ४ देखि ४ दशमलव ९ - वालमा राखेको फ्रेमहरु झर्न सक्छ। ५ देखि ५ दशमलव ९ - घरका रहेका फर्निचरहरु हल्लिन थाल्छ। ६ देखि ६ दशमलव ९ - घरहरु हल्लिन थाल्छ कमजोर र पूराना घर भत्कन थाल्छ। ७ देखि ७ दशमलव ९- घर भत्किन्छ। जमीनमुनी रहेका पाइपहरु भाँचिन थाल्छ। ८ देखि ८ दशमलव ९ -घर पुल भत्कन्छ। समुन्द्र भएको स्थानहरुमा सुनामीको खतरा हुन्छ। ९ भन्दा माथि जमिनमा उभिए लडिन्छ। समुन्द्र भएको स्थानमा त सुनामी नै आउँछ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?