Breaking News

क्यान इन्फेटेक २०१८: सूचना प्रविधि मुलुकको समृद्धिका लागि - सञ्चार मन्त्री, बस्नेत

Feb Tue 2020 05:40:34

704 views

क्यान इन्फेटेक २०१८:  सूचना प्रविधि मुलुकको समृद्धिका लागि -  सञ्चार मन्त्री, बस्नेत
काठमाडौंको भृकुटीमण्डपमा २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक’ शुरु भएको छ । २४ औं संस्करणको इन्फोटेक मेला उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइसिटी क्षेत्रलाई प्राथमिकतामा नराख्दासम्म मुलुकको आर्थिक समृद्धि नहुने बताउनु भएको छ । राजनीतिक गतिरोधका कारण लामो समयदेखि देशमा विकास निर्माणका काम हुन नसकेको चर्चा गर्दै मन्त्री बस्नेतले अब राजनीतिक स्थायीत्वसँगै आर्थिक समृद्धिका लागि प्रविधिमैत्री देश निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’को समुद्घान प्रविधि र प्रकृतिको संयुक्त प्रयोगको साथ उद्घाटन गरीएको छ । उद्घाटनको क्रममा ड्रोन उडाएर पुष्प ब्रिष्टी गरीएको थियो । सो अवसरमा मन्त्री बस्नेतले आइसिटी क्षेत्रको समुचित विकासले मात्रै देशको अर्थतन्त्र उकासिने बताउनुभयो । ‘अब राजनीतिक परिवर्तनको नाममा अलमलिने समय समाप्त भई सकेको बताउंदै अब हामी एकचित्त भएर आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्छ,’ मन्त्री बस्नेतले भन्नुभयो । उहाँले देश दू्रत विकासका लागि आइसिटी महत्वपूर्ण टुल्स रहेकोसमेत बताउनु भयो । सरकारले सन् २०२७ लाई ‘डिजिटल नेपाल वर्ष’को रुपमा मनाउने तयारी भइरहेको जानकारी दिदै उहाँले यसका लागि सबैको सहयोगको अपेक्षा राख्नुभयो । यसको सुरुवातको लागि १४ जिल्लाका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा निःशुल्क उपलब्ध गराउने र आवश्यक सामाग्री सञ्चार मन्त्रालयले उपलब्ध गराउने काम प्रक्रियामा गइसकेको र ३ वर्षमा देशैभर यो कार्यक्रम कार्यान्वयन गर्ने गरी काम भइरहेको समेत उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष हेमन्त चौरासियाले सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा राजधानीमा ६ दिनसम्म ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुुभयो । अन्तरास्ट्रिय स्तरमा सूचना संचार तथा बिज्ञान प्रविधि पहिलो प्राथमिकमा परेका हुन्छन् तर नेपालमा यो क्षेत्र कहिले विज्ञान प्रविधि संग रहन्छ कहिले सूचना तथा संचार, त्यसैले यो क्षेत्र एउटै मन्त्रालय अन्र्तगत हुनु पर्छ । राज्यले आइसिटीलाई प्राथमिकतामा राख्ने हो भने डिजिटल नेपाल निर्माणको सपना चाँडै साकार हुने समेत बताउनुभयो । ‘क्यान महासंघ डिजिटल नेपाल निर्माणका निमित्त राज्यसँग हातेमालो गर्न सदैव तयार छ,’ उहाँले भन्नुभयो । इन्फोटेकका लागि उपयुक्त प्रर्दशनी हलको अभाव भईरहेको वेला अवका दिनमा देश को सातै प्रदेशका मुख्य मुख्य शहरहरुमा इन्फोटेक सञ्चाल गरी स्थानीय तहसम्म सूचनाको पहुँच विस्तार गर्ने महासंघको लक्ष्य रहेको उहाँको भनाई रहेको थियो । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्ल, क्यान इन्फोटेक २०१८ को शीर्षप्रायोजक सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुली लगायतले इन्फोटेकको सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रदर्शनीमा सहभागी कम्पनीहरुले आफ्ना सेवा र वस्तु आकर्षक अफर र स्किमका साथ प्रस्तुत गरेको क्यान महासंघका महासचिव रञ्जित पोदारले बताउनुभयो । उहाँका अनुसार प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स्लगायतको स्टलमा अवलोकनकर्ताको आकर्षण रहेको छ । मेलामा शीर्ष प्रायोजक सुबिसु केबल नेटले इन्टरनेट र क्ल्यिर टिभीमा कोम्बो अफर ल्याएको छ । सहशीर्ष प्रायोजक मोटेरोलाले आफ्ना पछिल्ला मोडलका स्मार्टफोनहरुको विशेष प्रदर्शनी गर्नुका साथै हरेक मोबाइलको खरिदमा छुट र आकर्षक उपहार योजना ल्याएको छ । यसका साथै कम्पनीहरुले बिहीबार आफ्ना नयाँ प्रडक्ट र सेवाको पनि सार्वजनिक गरेका छन् । अवलोकनकर्तालाई आकर्षण गर्न कम्पनीहरुले आकर्षक योजना सार्वजनिक गरेको क्यान महासंघका उपाध्यक्ष रोमकान्त पाण्डे बताउनुभयो । त्यस्तै विभिन्न जिल्लाहरुका इन्फोटेको अवलोकन का लागि क्यान महासंघ जिल्ला शाखा सदस्यहरुको सहभागिता रहेको अर्का उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए । कुँवरले प्रर्दशनी अवलोकन कर्तालाई सहज रुपले प्रवेशका लागि अघिल्लो इन्फोटेक भन्दा अझ व्यवस्थित गरीएको समेत जानकारी गराए । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी जानकारी आम जनमानसमा हुनुपर्दछ भन्ने मुल नाराका २४ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको क्यान इन्फोटेक आगामी माघ ११ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ । इन्फोटेकमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १ सय ४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहेका छन । साथै यस संस्करणको इन्फोटेकमा सफ्टवेयर कम्पनी, स्टार्टअप र सूचना प्रविधिका विद्यार्थीको प्रोजेक्टहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले छुट्टै सफ्टवेयर प्याभिलियन निर्माण गरिएको छ । सफ्टवेयर प्याभिलियनका लागि जम्मा ४४ वटा स्टल बिशेष सहुलियतमा उपलब्ध गरिएको छ । इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु एक सय र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । उक्त दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सकनुहुनेछ । आयोजकले सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?