Breaking News

१५ हजारमा खप्तड घुम्ने ‘टुर प्याकेज’ घोषणा

Feb Wed 2020 02:40:42

721 views

१५ हजारमा खप्तड घुम्ने ‘टुर प्याकेज’ घोषणा

खप्तडका जान १५ हजार रुपैयाँ खर्च गर्दा पर्याप्त हुने गरी टुर प्याकेज सार्वजनिक भएको छ । थोरै रकम खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ ।

मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन् । खप्तड प्याकेजमा पहिलो दिन महेन्द्रनगरबाट दीपायल सिलगडी, दोस्रो दिन दीपायलबाट झिग्राना, तेस्रो दिन झिग्राना, विचपानी हुँदै खप्तड पुग्ने कार्यक्रम बनाइएको शुक्लाफाँटा कटेजका सञ्चालक परमानन्द भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?