Breaking News

सामसुङका नोट फाइभ र एस सिक्स एज प्लसका फिचर्सहरु यस्ता

Feb Tue 2020 05:40:40

772 views

सामसुङका नोट फाइभ र एस सिक्स एज प्लसका फिचर्सहरु यस्ता

सामसुङ तथा एप्पल लगायतका कम्पनीका नयाँ प्रडक्टको जानकारी चुहाएर सार्वजनिक गर्नमा माहिर इभान ब्लासले आफ्नो ट्विटरमा सामसुङका ग्यालेक्सी नोट फाइभ र ग्यालेक्सी एस सिक्स एज प्लस को तस्वीर पनि पोष्ट गरेका छन् । ग्यालेक्सी नोट फाइभका विषयमा चुहिएका सूचना तथा जानकारीका आधारमा चर्चित टेक आर्टिस्ट इभो मारिकले समेत नोट फाइभका केही तस्वीर तयार पारेर इन्स्टाग्राममा पोष्ट गरेका छन् । तर इभानले पोष्ट गरेका तस्वीरहरु बढि वास्तविक लाग्ने टेकटाइम्सले उल्लेख गरेको छ ।Embedded image permalink

समाचार अनुसार ग्यालेक्सी एस सिक्स एज प्लस अघिल्लो संस्करण सिक्स एज भन्दा केही अग्लो हुनेछ । यसमा ५.५ इन्चको डिस्प्ले हुनेछ । जबकी अघिल्लो संस्करणमा ५।१ इन्चको डिस्प्ले थियो ।

उता ग्यालेक्सी नोट फाइभ भने ग्यालेक्सी एस सिक्सको डिजाइनमा प्रस्तुत हुन लागेको बताइएको छ । नोट फाइभको क्यामरा ग्यालेक्सी एस सिक्स तथा एस सिक्स एजको जस्तै हुने दाबी टेकटाइम्सले गरेको छ । यसको फ्लास पनि क्यामरको मोड्युलको तल नभै साइडमा हुनेछ ।

नोट फाइभमा अडियो ज्याक तथा लाउडस्पिकिर ह्याण्डसेटको पिँधमा हुनेछ । नोट फाइभको सबैभन्दा महत्वपूर्ण फिचर सामसुङ पे हुनेछ ।

सामसुङको स्टाइलिस स्मार्टफोन, ए ८ का फिचर्स

ग्यालेक्सी सिरिजका लोकपि्रय स्मार्टफोन उत्पादन गर्दै आएको सामसुङले पछिल्लोपटक सार्वजनिक गरेको ‘ग्यालेक्सी ए एट’ को मोटाइ ५.९ मिलिमिटर अर्थात् ०.२३ इन्च रहेको छ । सामसुङको ग्यालेक्सी एस सिक्स एज भन्दा यो स्मार्टफोनको मोटाइ ८५ प्रतिशत कम छ ।

ग्यालेक्सी ए एट निकै पातलो भएपनि इन्जिनियरहरुले यसमा उच्च क्षमतायुक्त हार्डवेयर राख्न सफल भएका छन् । यसमा ३ हजार ५० मिलिएम्पियर पर आवर क्षमताको ब्याट्रीका साथै १६ मेगापिक्सेलको क्यामरा समेत रहेको छ ।Samsung-Galaxy-A8

सामसुङका अनुसार यो स्मार्टफोन तत्कालका लागि चीन र सिंगापुरमा मात्र बिक्रि हुनेछ । चिनिया बजारमा स्वदेशी बजेट स्मार्टफोनले सामसुङको बजार घटाइरहेका बेला सामसुङले चिनिया प्रयोगकर्तालाई नै लक्षित गरी अल्ट्रा थिन स्मार्टफोन तयार गरेको बताइन्छ ।

स्मरण रहोस् चिनिया बजारमा सामसुङको पछिल्लो ए एट भन्दा पनि पातला एन्ड्रोइड स्मार्टफोनहरु उपलब्ध छन् । जसमा भाइभो एक्स फाइभ म्याक्स -४.७५ मिलिमिटर), ओप्पो आर फाइभ (४.८५ मिलिमिटर) तथा जिओनी इलाइफ एस (५.१ मिलिमिटर ) रहेका छन् ।

चीनको समग्र स्मार्टफोन बजार पछिल्लो ६ वर्षमा पहिलोपटक खुम्चिएको आइडिसी कम्पनीले गरेको एक अध्ययनले देखाएको छ । जनवरी देखि मार्च सम्मको त्रैमासिकमा चिनिया बजारमा स्मार्टफोनको बजार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले खुम्चिएको छ । यो अवधिमा सबैभन्दा बढि संकुचन बेहोर्नेमा सामसुङ रहेकेा छ र चिनिया बजारमा सामसुङका स्मार्टफोनको बिक्रि ५३ प्रतिशतले घटेको छ ।

galaxy-a8

के के छन् फिचर्स ?

सामसुङको ग्यालेक्सी ए एट जस्ता निकै पातला स्मार्टफोन निर्माण गर्दाको मुख्य चुनौति भनेकै यस्तो स्मार्टफोन प्रयोगकर्ताको गोजीमा राखेको बेला बांगिन सक्ने जोखिमलाई घटाउनु नै हो । त्यसैले सामसुङले यो पातलो स्मार्टफोनलाई बांगिने जोखिमबाट मुक्त गर्नका लागि धातुको खोल हालेको छ । अघिल्लो वर्ष सार्वजनिक ग्यालेक्सी अल्फाको सिको गर्दै सामसुङले पछिल्लो स्मार्टफोन सेटलाई समेत बलियो बनाउनका लागि धातुको बाहिरी खोल हालेको हो ।

सामसुङको पछिल्लो स्मार्टफोनमा फिंगर पि्रन्ट सेन्सर, फोर जी चिपका साथै ५.७ इन्चको १०८० पिक्सेलवाला हाइ डेफिनेसन स्त्रिmन रहेको छ । यो फोनको तौल जम्माजम्मी १५० ग्राम छ ।

साथै यसमा अक्टाकोर स्नापड्रागन ६१५ चिपसेट तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । चिनिया बजारमा यसको मूल्य ३ हजार १९९ युआन तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?