Breaking News

दोषी सार्वजनिक भए आफ्नै कुर्सि हल्लिने डरले सरकारमा बसेकाहरु जतिसक्यो यो प्रतिबेदन लुकारएर आफु दोषमुक्त हुन चाहन्छन् -शारदा

Feb Tue 2020 05:40:24

546 views

दोषी सार्वजनिक भए आफ्नै कुर्सि हल्लिने डरले सरकारमा बसेकाहरु जतिसक्यो यो प्रतिबेदन लुकारएर आफु दोषमुक्त हुन चाहन्छन् -शारदा

उनका छोराहरुले बाबाको क्षतविक्षत भएको शरिर देखेर बाबाको हत्यारालाई आफुँले भएपनि समात्ने प्रण गरेको उनले बताइन् । उनी भन्छिन्,–‘ हाम्रो छोराहरुले मामु हजुर नरुनुस, हामी ठुलो भएर बाबाको हत्यारालाई समातेरै छोड्छौं, हामी बाबालाई न्याय दिलाउछौं भन्दा भक्कानो फुटेर आउँछ ।’


हरेक दिन साँझ उनले दिवंगत श्रीमानको तस्वीर सफा गर्छिन्, तरक्क आँसु चुहिन्छ । त्यसपछि बत्ती बाल्छिन् र टोल्हाएर हेर्छिन तस्वीर । उनलाई भदौ ७ को दिन झल्झली सम्झना आउँछ । औडाहा भएर आउँछ उनको मन । सँगै नाच्छन, त्यसपछिका दिनहरु– लासको सद्गती, छानवीनका मान्छेहरु, प्रतिवेदन सार्वजनिक गर्न नेतादेखि मन्त्रीसम्म धाएका क्षणहरु ।

वितृष्ण छाउँछ उनको मनमा । श्रीमानको तस्वीर ढोग्दै उनी मनमनै भन्छिन्– हजुरका हत्यारालाई सजाय दिन सकिनँ, माफ पाऊँ ।

यो उनको दैनिकी बनेको छ । दिउँसो कार्यालयमा काम गरेर घर फर्केपछि उनको मनमा भदौ ७ घुम्छ । कता कता आफूलाई निरिह पाउँछिन् शारदा बोहरा । हत्यारालाई कार्वाही गर्न कतैबाट पहल नभएपछि सहारा नपाएर रुन्छिन् शारदा । त्यही बेला उनका कलिला छोराका शब्दले भक्काने छुट्छ उनको । छोराहरुले सान्त्वना दिँदै भन्छन्– ‘मम्मी, नरुनुस्, हामी छम नि, ठूला भएपछि हत्यारालाई सजाय दिने …’

टीकापुर घटनामा मारिएका थिए इन्सपेक्टर केशव बोहरा । हक्की स्वभावका, सबैसँग मिजासिलो व्यवहार । संगठनभित्र र बाहिर अन्याय भएको देख्न नसक्ने बानी । पेशाले प्रहरी भएपनि सामाजिक परिवर्तनका पक्षधर । तर नियतीले उनलाई न जागिरमा छँदा सन्तुष्टि दियो, न त मारिएपछि पनि उनको ‘आत्मा’ले शान्ति पाएको छ ।

१७ वर्ष भयो शारदाले केशवलाई चिनेको । सुदूरपश्चिम क्षेत्रमा नै सुपरिचित प्रेम बोहरा सरको छोराका लागि बिहेको प्रस्ताव आएपछि उनी खुशी थिइन । प्रेम सर त्यसैपनि समाजसेवी र बुद्धिजीवि भनेर चिनिने, कञ्चनपुरको बेलौरीमा स्थायी बसोबास थियो प्रेम सरको ।

kesabb

श्रीमानको हत्या भएको दिनदेखि उनी हत्यारालाई कारबाहीको माग गर्दै घरि यसको दैलोमा त घरी उसको दैलोमा रुँदै पुगिन् । तर उनको स्वर न कसैले सुने न उनको बेदना कसैले महसुस नै गरे ।

१९ वर्षकी थिइन शारदा त्यतिबेला । केशवसँग बिहा भएपछि उनले परिवारबाट माया पाइन । श्रीमान र परिवारको सहयोगले पढिन र जागिरे भइन । श्रीमान केशव संघर्ष गर्दा गर्दै इन्सपेक्टर बने । उनीहरुबीच फेसबुक र फोनबाट बेलाबेला कुराकानी भइरहन्थ्यो । शारदा काठमाडौंमा, केशव कैलालीमा ।

टीकापुर घटना घटेको लगभग सात महिना पुग्यो । उक्त घटनामा एसएसपी सहित ९ जना सुरक्षाकर्मीको ज्यान गएको थियो । यही क्रममा उनका श्रीमान केशव पनि मारिए । ३६ वर्षको कलिलो उमेरमा उनले आफ्नो श्रीमान गुमाउनु पर्यो । अहिले दुइ कलिला छोरा हुर्काउने र पढाउने जिम्मेवारी उनको काँधमा छ । उनको आँखामा आँसु अझै ताजा छ्न अनि मनभरि श्रीमान्को सम्झना ।

श्रीमानको हत्या भएको दिनदेखि उनी हत्यारालाई कारबाहीको माग गर्दै घरि यसको दैलोमा त घरी उसको दैलोमा रुँदै पुगिन् । तर उनको स्वर न कसैले सुने न उनको बेदना कसैले महसुस नै गरे ।

सरकारले अनुसन्धान विभागका पुर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेर ३ महिनामै प्रतिवेदन पनि सरकारलाई बुझायो । तर बिडम्बना, आजसम्म सरकारले त्यो प्रतिवेदन सार्वजनिक गर्न चाहेको छैन । र दोषी को हो ? पिडित पक्षले अहिलेसम्म यही जिज्ञासाका साथ सरकारसंग न्यायको भिख मागिरहेको छ । श्रीमान बितेको सात महिना वितिसक्दा पनि अपराधी र उक्त घटना घटाउने मुख्य योजनाकारको पत्ता लाग्न नसकेको र यो घटना सार्वजनिक गर्न सरकार उदासिन भएको अवस्थामा शारदाका हरेक दिन एउटै कामना गर्छन्– श्रीमानमाथि न्याय होस् ।

sharada bohora (4)

दोषी सार्वजनिक भए आफ्नै कुर्सि हल्लिने डरले सरकारमा बसेकाहरु जतिसक्यो यो प्रतिबेदन लुकारएर आफु दोषमुक्त हुन चाहन्छन् ।’ शारदाले भनिन् ।

टीकापुर घटनामा वास्तविक के भएको थियो र सरकारले किन प्रतिवेदन लुकाउन खोजेको छ भन्ने कुरा अहिलेसम्म गृहमन्त्रीले जवाफ दिएका छैनन् । दोषी जो सुकै होस्, जुनसुकै वर्ग, जात, लिंग र समुदायको होस्, विभत्स घटनाका जिम्मेवारले सजाय पाउनुपर्ने पीडितहरुको माग हो । शारदा पनि भन्छिन्–

‘मेरो श्रीमानले देशको लागि ज्यान गुमाउनु भयो तर यसको बदलामा राज्यले उहाँको सम्मान कति पनि गर्न सकेन । दोषी सार्वजनिक भए आफ्नै कुर्सि हल्लिने डरले सरकारमा बसेकाहरु जतिसक्यो यो प्रतिबेदन लुकारएर आफु दोषमुक्त हुन चाहन्छन् ।’ शारदाले भनिन् ।

श्रीमानमाथि न्यायको लागि उनी प्रधानमन्त्री, गृह मन्त्री, वकिल, मानव अधिकार आयोग, सुचना आयोग, प्रहरी विभाग, वरिष्ठ नेता सबैको दैलोमा रुँदै पुगेको बताइन् । तर सबैले सान्त्वना मात्र दिए, काम कसैले केही नगरेको उनको गुनासो छ । उनी भन्छिन्,–‘ अब त मलाई प्रतिवेदन सार्बजनिक हुन्छ भन्ने कत्ति पनि आशा छैन, सरकारनै यो खेलमा लागेपछि कसले के गर्न सक्छ र?’

तर एकदिन समय परिवर्तन हुने र श्रीमानका हत्याराले सजाय पाउनेमा भने उनी विश्वस्त छिन् । उनलाई केहि आस मानव अधिकार आयोग र प्रहरी विभागको छ । भन्छिन्, ‘समय एकनास हुँदैन म पनि हार खानेवाला छैन, श्रीमानको न्यायको लागि लड्न अन्तिम साँस रहुन्जेल तयार छु । ’

श्रीमानको सम्झनामा बर्बर आँसु झार्दै शारदा भन्छिन्, ‘हरेक रात सपनामा मेरो श्रीमान आउनुहुन्छ, उहाँलाइ अहिले पनि ड्यूटि नै प्यारो छ, प्रहरी पोशाकमा अफिस जान नै उहाँलाई हतार हुन्छ । तर मनले उहाँलाई न्याय दिन सकिरहेको छैन, हरेक दिन विहान उहाँको तस्वीरमा बत्ति बाल्दै न्याय दिलाउन नसकेकोमा माफी माग्छु ।’ म एकल महिलाले कस कससंग लडुँ, कसकसलाई सम्हाँलु, कसकसको दैलोमा रुँदै आफ्नो व्यथा सुनाउँ, सबैले दैलोको ढोका बन्द गर्छन् । यो जिम्मेवारी त राज्यको होइन र ? उनी प्रश्न गर्छिन् ।

सारदा विगत १२ वर्षदेखि सरकारी जागीर खान्छिन् । उनी आफ्नो संगठनमा नेतृत्व गर्ने निडर महिला हुन् । अर्काको हकअधिारको लागि लड्न अगाडी सर्ने वोहोरालाई श्रीमान्को हत्यापछि आफ्नै परिवारको अधिकार लड्न भने निकै गारो भएको सुनाउँछिन् । ‘अर्काको पिडामा बोलिदिन सजिलो नै हुन्छ तर मनमा पिडा लिएर आफ्नै लागि लड्न निकै साहस चाहिने रहेछ, शब्द भन्दा पहिले आँसु बग्छ ।’

आफ्नो भविष्यको केहि चिन्ता नभएपनि आफ्ना कलिला बच्चाहरुलाई यी सब कुराबाट टाढा राख्न भने उनलाई निकै गारो भएको उनको भनाइ छ । १५ वर्ष पुगेको ठुलो छोरा र १३ वर्ष पुगेको कान्छो छोरोलाई बाबाको हत्याराले सजाय काटेको देख्न मन भएको उनले बताइन् । उनका छोराहरुले बाबाको क्षतविक्षत भएको शरिर देखेर बाबाको हत्यारालाई आफुँले भएपनि समात्ने प्रण गरेको उनले बताइन् । उनी भन्छिन्,–‘ हाम्रो छोराहरुले मामु हजुर नरुनुस, हामी ठुलो भएर बाबाको हत्यारालाई समातेरै छोड्छौं, हामी बाबालाई न्याय दिलाउछौं भान्दा भक्कानो फुटेर आउँछ ।’

टीकापुरको परिवर्तनकारी घटनामा श्रीमान् गुमाएपनि देशमा संविधान आएको, संघितयताको मुद्धा शान्त भएको कुरामा भने केहि चिक्त बु्झाएकि छिन् । राज्यले एकन एक दिन श्रीमानकाे बलिदानको सम्मान गर्नेमा पनि उनी ढुक्क छिन् ।

उनी विगत सम्झँदै भन्छिन –‘मेरो श्रीमान्को अमेरीकाको भिषा लागेको थियो तर हामीले नेपाल नछा्डने निर्णय गरेका थियौं , त्यो दिन पनि श्रीमानले बेलुका फोन गर्छु भन्नुभएको थियो तर हामीलाई के थाहा उहाँ कहिल्यै नफर्किने गरि संसार नै छाडेर जानुहुन्छ भनेर । ’

श्रीमानको हत्याराले सजाय भोगेको र श्रीमानको नाममा राज्यले केही सम्झन योग्य कदम चालेपनि पिडा केहि कम हुने उनको भनाई छ । त्यसैको लागि उनी अन्तिम साससम्म लडिरहन चाहन्छिन् ।

गृहमन्त्री ज्यू, तपाईं त कमलो मन भएको मान्छे । तपाईलाई शारदा बोहराको आँसुले पोल्दैन ? किन हिम्मत गर्ननुहुन्न प्रतिवेदन सार्वजनिक गर्न ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?