Breaking News

स्थानीय महिलाको सक्रियातामा दार्चुलाको शेरी गाउँ झिलिमिली

Feb Tue 2020 05:40:46

562 views

स्थानीय महिलाको सक्रियातामा दार्चुलाको शेरी गाउँ झिलिमिली
  • गोकर्ण दयाल
सामान्यतया दुर्गम गाउँका महिलाहरुको दैनिकी चुलोचौका र घाँस दाउरा गर्नमै बित्नेगर्छ । अन्य समाजिक काम र विकास निर्माणमा महिलाहरुलाई केही गर्न सक्दैनन् भन्दै विकास निर्माणमा सहभागी गराईदैन । तर, यस्तो कुरालाई चुनौति दिंदै दार्चुलाको शेरी गाविसका महिलाहरुले बिद्युत उत्पादन गरी गाउँ नै झलमल्ल पारिदिएका छन् । दार्चुला सदरमुकाम पुग्न दुई दिनको पैदल बाटो हिंड्नु पर्ने शेरी गाउँ विकास समिति–१ हाटका महिलाहरुले स्थानीय कचुलीगाड खोलाबाट १२ किलो वाट बिद्युत उत्पादन गरी गाउँमा बत्ती बालेका हुन् । गाउँमा बत्ती बलेपछि अहिले रातदिन महिलाहरुको कामको चर्चा हुन थालेको छ । अक्सफाम नेपालले बिद्युत उत्पादन गर्न ३७ लाख सहयोग गरेपछि गाउँका महिलाहरुले ८ लाख जनश्रमदान गरेर ६ महिनामा १२ किलोवाट बिद्युत उत्पादन गर्न सफल भएको बताएका छन् । भदौ १५ गतेबाट सुरु गरेको बिद्युत आयोजनाको काम ६ महिनामै सम्पन्न गरी फागुन १५ गते बत्ती बालेर उद्घाटन गर्न सफल भएको महिला समुहका अध्यक्ष माधुरी महराले बताइन्। महिलाहरुलाई काम गर्न दार्चुलाको संकल्प संस्थाले प्राविधिक सहयोग गरेको थियो । शेरीका महिलाहरुको कामको बारेमा सुनेर सहयोगी संस्था अक्सफाम नेपालका निर्देशक बिमल खनाल काठमाण्डौंबाट दार्चुला पुग्दा महिलाहरुको कामप्रति गर्व गर्दै सम्मान गरेको बताए । नेपालमा यस्ता हजारौं जलबिद्युत निर्माण गर्न सकिने निर्देशक खनाले बताए । शेरीका महिलाहरुको जस्तै जाँगर अन्य क्षेत्रका व्यक्तिहरुले प्रेरणाको रुपमा लिन सके बिजुलीका लागि राष्ट्रिय प्रशारण लाई कुर्न नपर्ने उहाँले बताए । गाउँका महिलाहरुको सक्रियतामा बिजुली उत्पादन भएपछि शेरीका सबै घरहरु धुँवारहित भएका छन् भने बिर्थीहरुले कम्प्युटर सिक्न पाउँने भएका छन् । किताबमा मात्रै कम्प्युटरको पढाई हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?