Breaking News

६५ लागेका नाना पाटेकरका जीवनका १३ रोचक कुरा : प्रोफाइल स्टोरी

Feb Tue 2020 05:40:30

511 views

६५ लागेका नाना पाटेकरका  जीवनका १३ रोचक कुरा : प्रोफाइल स्टोरी

चर्चित बलिउड अभिनेता नाना पाटेकर ६५ वर्षका भएका छन्। आजेको दिन जनवरी १, १९५१ मा नानाको जन्म महाराष्ट्रमा भएको थियो। उनको पछिल्लो फिल्म 'अब तक छप्पन २ ' यस वर्ष रिलिज भएको थियो। नानालाई विभिन्न खाले (सकारात्मक-नकारात्क) दुबै काले चरित्र खुबीका साथ निभाउने अभिनेताका रुपमा चिनिन्छन्। फिल्महरुमा उनले निभाएका नायकी हुन् या खलनायकी चरित्रहरु हुन् वा हाँस्य चरित्र बलिउडमा उनको आफ्नै छाप र स्थान छ।

नाना पटेकर अभिनेताका साथसाथमा फिल्म निर्देशक तथा गायक पनि हुन्। यी सबै कामका अलावा उनी समाजसेवाका लागि पनि चर्चित छन्। उनले महाराष्ट्रमा खडेरीबाट पीडित किसान र खडेरीके कारण ऋणमा आक्रान्त भएर आत्महत्या गरेका किसानको परिवारलाइ नगद सहयोग गर्ने गरेका छन्। गमन, मोहोरे, सलाम बम्बे, क्रान्तिविर, प्रहार, परिन्दे जस्ता फिल्ममा गरेका अभिनयका लागि स्मरणिय छन्।

नानाको आजको नामका पछाडीको संघर्षको यात्राको पृष्ठभूमि छ। उनका नामका पछाडि अनेक किस्साहरु पनि जोडिएका छन् जसमध्येका केहि रोचक किस्सा यस्ता छन्।

१.       आफ्नो पहिलो जागिरका लागि नाना दैनिक ८ किलोमिटर हिड्ने गर्थे।

२.       नानाले ७५० भारूमा आफ्नो विवाह सम्पन्न गरेका थिए।

३.       उनलाई आफ्नो कर्मस्थल मुम्बई बस्न भन्दा पुणेमा रहेको आफ्नै गाउँ र गोवा मनपर्छ।

४.       नानाका ७ दाजु भाइ तथा बहिनी थिए जसमध्ये उनका दाजु र उनी मात्र जीवित रहे।

५.       उनले आफूले गरिरहेको 'पुरूष'नाको शो बिचमा नै छडिदिए। शोमा उनले गरेको बलात्कारको दृश्यमा ताली बजेपछि उनलाई त्यो मनपरेन। उनले यस्ता सिनमा ताली बज्नुले राम्रो सामाजिक संदेश प्रवाह नगर्ने भएकाले छोडेका हुन्।

६.       उनलाई फिल्ममा ल्याउने काम अभिनेत्री स्मिता पाटिलले गरेकी हुन्। उनैले नानालाई फिल्ममा आउन सुझाएकी थिइन्। उनले स्मितासँग गमनमा काम गरेर फिल्ममा आफ्नो अभिनय यात्रा सुरु गरेका थिए।

७.       'परिन्दा' फिल्मको एक  दृश्यको सुटिङ्मा उनी आगोले नराम्री जल्न पुगे जसका कारण उनले उक्त सिनको सुटिङ् एक वर्षसम्म गरेनन्।

८.       फिल्ममा उनको पहिलो झगडा विधुविनोद चोपडासँग 'परिन्दा'को सुटिङ्मा पर्यो। विधुविनोद आगोमा जल्ने सिनमा रबर सलुसन लगाउन चाहन्थे तर नानाले उक्त कुरा कुने हालतमा मानेनन्।

९.       प्रहार फिल्मको तयारीका लागि नानालाई तीन महिनासम्म भारतीय आर्मीको बिचमा राखिएको थियो।

१०.   मुम्बईमा उनले १.१० लाख भारूमा एउटा घर किनेका थिए जून घरको मूल्य आजको बजार भाउ अनुसार ३ देखि ३.५ करोड भारू पर्छ।

११.   एक समय नानाले आफ्नो निर्देशक साथी एन. चन्द्राको लागि उक्त घर नै बन्दकी राखिदिएका थिए। पछि एन. चन्द्राले उक्त घर ऋणमुक्त गर्दै नानालाई एउटा स्कुटर उपहार पनि दिए।

१२.   नाना आफ्नी पत्नीसँगै बस्दैनन्। नानाले आफूहरुले पारपारचुके नगरेको बताउवछन्। उनले बेलाबेलामा भेटघाट गर्ने गरेको र गनको हालचाल सोध्ने गरेको बताउँछन्।

१३.   नानाले आफूले काम गर्ने फिल्ममा कम्तिमा एकपटक झगडा कसैगरि भएरै छाड्ने बताउँछन्। उनले आफ्नो सम्झौतापत्रमा एक पटक झगडा गर्नै पाउने सम्झौता रहने गरेको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?