Breaking News

ओठ र शरीरमा हुने कोठीबारे रोचक जानकारी

Feb Tue 2020 05:40:58

1028 views

ओठ र शरीरमा हुने कोठीबारे रोचक जानकारी

दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । आँशु झर्ने ठाउँमा कोठी हुने मानिस भने भाग्यमानी नभएको ज्योतिषहरुले पनि भन्ने गरेका छन् । कोठी शरीरको कुन भागमा छ, त्यसले सोही अनुसारको शुभ–अशुभ फल दिने मत सर्वसाधारण र ज्योतिषीहरुको समेत रहेको छ । ज्योतिष विज्ञानका अनुसार कोठीले दिने फलको रोचक तथ्य यस्तो छ ।

–निधारमा कोठी हुनेहरु बलवान हुन्छन् । –चिउँडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढी माया गर्दैनन् । –दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढी माया गर्छन् । –बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन । –दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ । –बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ । –ओंठमा कोठी हुने मान्छे यौनको भोको हुन्छन् । –कानमा कोठी हुनेको आयु छोटो हुन्छ । –गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र आराम गरिरहन मात्र चाहन्छ । –दाहिने पाखुरामा कोठी हुने व्यक्तिले समाजमा उच्च स्थान पाउँछ । –बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ । –नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्रायः यात्रा गरिरहनुपर्छ । –दायाँ छातीमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई धेरै प्रेम गर्छन् भने बायाँ छातीमा कोठी हुनेहरु श्रीमतीसंग झगडा गरिरहन्छन् । –कम्मरमा कोठी हुने रोगी हुन्छन् । –पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् । –दाहिने हत्केलामा कोठी हुनेहरु बलवान हुन्छन् । –बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् । –दायाँ खुट्टामा कोठी हुनेहरु वुद्धिमान हुन्छन् । बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?