Breaking News

ल हेर्नुहोस् ! कालोबजारीबाट आएको आधा अर्ब निगमका हाकिमदेखि नेताले यसरी बाँडेर खाए

Feb Tue 2020 05:40:11

703 views

ल हेर्नुहोस् ! कालोबजारीबाट आएको आधा अर्ब निगमका हाकिमदेखि नेताले यसरी बाँडेर खाए

भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ । पाँच दिनयता राजधानी भित्रिएका पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारीयाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी डिपोप्रमुखदेखि राजनीतिक नेतृत्व तहसम्म भागबन्डा गरिएको स्रोतले बतायो । ‘निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ’ एक उद्योगीले भने । निगमले इन्धनको चरम संकट देखाउँदै बिहीबार (कात्तिक २६ देखि ३०गते) देखि पछिल्ला पाँच दिनमा भारतबाट पेट्रोल र डिजेल बोकेका करिब ३ सय ट्यांकर काठमाण्डु भित्र्याएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल समान्य अवस्थामा नियमसंगत बाँडेको भए कुल मागको ६० प्रतिशत पुग्थ्यो । –नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?