Breaking News

नाट्टामा मधुसुधन आचार्यको समूह विजयी, कसले कति मत ल्याएका थिए ?

Feb Tue 2020 05:40:50

253 views

नाट्टामा मधुसुधन आचार्यको समूह विजयी, कसले कति मत ल्याएका थिए ?

नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनमा मधुसूदन आचार्य समूहको पूरै प्यानल विजयी भएको छ । आईतबार राती अबेर सार्वजनिक निर्वाचन परिणाममा प्रत्यासी आचार्यले कुल १ सय ९२ मत पाई अध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्दी मिहिका धाख्वा र सम्भूराज पाठकले क्रमशः १६४ र ५७ मत प्राप्त गरेका थिए । त्यस्तै प्रथम उपाध्यक्षमा सीएन पाण्डेले १९० मत ल्याएका छन् भने धाख्वा समूहबाट केदारनाथ दवाडीले १४९ मत पाए । पाठक समूहका नारायण गुरुङ कानेले ७२ मत प्राप्त गरेका थिए । यसैगरी द्वितीय उपाध्यक्षमा डिके शर्माले २१५ मत पाएका थिए भने धाख्वा र पाठक समूहबाट सुनिल शर्मा र कृष्णबहादुर मगरले क्रमशः १४१ र ५२ मत पाए । महासचिवमा भिमप्रसाद पन्तले १७९ मत पाएका थिए, जहाँ धाख्वा समूहका ठाकुर ढुंगानाले १४४ र पाठक समूहका रमेश थापाले ८४ मत पाए । यसैगरी सचिवमा सुधिर उपाध्याय २९२ मतका साथ विजयी भए, उनका प्रतिद्वन्द्वी कमला गुरुङले १४७ र दिव्याप्रभा शाहीले ४१ मत पाए । कोषाध्यक्षमा चित्र गुरुङले २२१ मत पाएर जित हासिल गरे सोही पदमा धाख्वा समूहका तिलक थापा मगरले ११३ मत  र रामबहादुर घलेले ६५ मत पाए । त्यस्तै सहकोषाध्यक्षमा आचार्य समूहका सविता केसी भट्टराईले २९२ मत पाईन उनका प्रतिस्पर्धी फुडोमा शेर्पाले १६३ र विजय रिजालले ३० मत पाए । विजयी भएपश्चात मधुसूदन आचार्यले आफ्नो जित आम ट्राभल व्यवसायीहरुको विश्वासको परिणाम भएको भन्दै यसलाई आफूहरुले ठूलो जिम्मेवारीका रुपमा लिएको प्रतिक्रिया दिए । ‘यो जित समग्र ट्राभल, ट्रेड व्यवसायीहरुको जित हो ।’ उनले भने । आफूहरुको विजयले नाट्टा बाहिर बसेर चलखेल गर्ने शक्तिहरुको पराजय भएको उनको भनाई थियो । कार्यसमितिका सबै पदहरुमा अत्याधिक मतका साथ आचार्य समूह विजयी भएको हो । आफ्नो प्यालन सक्षम र सबल रहेको भन्दै आचार्यले चाँडै नै बस्न लागेको पहिलो बैठकबाटै आगामी कार्यक्रमहरु तय गरिने जानकारी दिए ।

यस्तो छ तीनै समूहको मत परिणाम : मधुसूदन आचार्य समूह  अध्यक्ष – मधुसूदन आचार्य – १९२ प्रथम उपाध्यक्ष – सीएन पाण्डे –  १९० द्वितीय उपाध्यक्ष – डिके शर्मा –२१५ महासचिव – भिमप्रसाद पन्त – १७९ सचिव – सुधिर उपाध्याय – २९२ कोषाध्यक्ष – चित्र गुरुङ – २२१ सहकोषाध्यक्ष  – सविता केसी भट्टराई – २९२ सदस्यहरु : युवराज सुवेदी – २९७ लक्ष्मण लम्साल – २१४ रामकुमार बाराकोटी – २७८ घनश्याम घिमिरे – १८९ विनय बस्नेत – २०८ हरिभक्त श्रेष्ठ –१८८ बरुण मेहता – १७९ शितलकुमारी शर्मा पौडेल – २३३

मिहिका राज्यलक्ष्मी शाह धाख्वा समूह अध्यक्ष – मिहिका राज्यलक्ष्मी शाह –१६४ प्रथम उपाध्यक्ष –केदारनाथ दवाडी – १४९ द्वितीय उपाध्यक्ष – सुनिल शर्मा – १४१ महासचिव –ठाकुर ढुंगाना – १४४ सचिव –कमला गुरुङ – १४७ कोषाध्यक्ष – तिलक थापा मगर – ११३ सहकोषाध्यक्ष – फुडोमा शेर्पा –१६३ सदस्यहरु : सुरेश अंगाइँ –१३८ अमृत ढकाल – १४८ विनोद कार्की –११८ गोविन्द दाहाल – १४१ सुरेश केसी – ११७ सुरेन्द्र भट्टराई – १४९ यज्ञमुर्ति आचार्य – १०९ अनिककुमार थापा – १२५

सम्भूराज पाठक समूह :  अध्यक्ष – सम्भूराज पाठक – ५७ प्रथम उपाध्यक्ष – नारायण गुरुङ कोने –७२ द्वितीय उपाध्यक्ष – कृष्णबहादुर मगर –५२ महासचिव – रमेश थापा – ८४ सचिव – दिव्यप्रभा शाहि – ४१ कोषाध्यक्ष – रामबहादुर घले – ६५ सहकोषाध्यक्ष – विजय रिजाल – ३० सदस्यहरु : राजु व्यञ्जनकार – ६८ जयाहरि गोईत – ५१ सञ्जय बजिमाया – ७० महेन्द्रराज पाण्डे – ४९ ईनु थापा – ११३ सागर अधिकारी – ५१ रमेशमान मलेखु – ६३ बाबुराम रसाइली – ७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?