Breaking News

 साओमी स्मार्टफोनमा फेस आइडी अनलक यसरी

Feb Tue 2020 05:40:40

583 views

 साओमी स्मार्टफोनमा फेस आइडी अनलक यसरी
फेस आइडी (फेस अनलक) महंगो स्मार्टफोनमा मात्र उपलब्ध छ ।तर आइफो एक्स, सामसुङ ग्यालेक्सी नोट ८, वान प्लस ५, टी मा  फेस अनलक ट्रेन्ड आएकाे छ । साओमीले पहिलो पटक सस्तो स्मार्टफोनमा पनि फेस अनलकको सुविधा दिएको छ । साओमीले एमआई ए वन र रेडमी नोट ५ प्रोमा फेस अनलकको सुविधा दिएको छ । स्मार्ट फोनमा फेस अनलक फिचर राख्ने हो भने : IObit Applock: Face Lock & Fingerprint Lock 2018 डाउनलोड गर्न सकिन्छ ।गुगल प्लेस्टोरबाट यसलाई निशुल्क डाउनलोड गर्न पाइन्छ। एप इन्स्टल गरेपछि पिन सेट गर्ने त्यसपछि लक गर्ने कि अनलक गर्ने भनेर सोधिन्छ । यसको मतलब  पुरानो पासवर्डबाट फोन अनलक गर्नुपर्छ र फोनलाई अनलक अवस्थामा राख्नुपर्छ । त्यसपछि एपले एक्सेसका लागि पर्मिसन दिनेछ । अब फेस अनलक गर्नका लागि एपको बायाँ पट्टिका तीन वटा डटमा क्लिक गर्ने  त्यसपछि फेस आइडीका लागि आफ्नो अनुहार सेट गर्ने  । त्यसपछि स्मार्ट फोन फेस आइडीमार्फत लक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?