Breaking News

राष्ट्रपति बिद्या भण्डारी केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयको ५ण् औं स्वर्ण महोत्सवमा सहभागी

Feb Wed 2020 02:40:52

580 views

राष्ट्रपति बिद्या भण्डारी केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयको ५ण् औं स्वर्ण महोत्सवमा सहभागी

केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालय नक्सालले विद्यालयको ५० औं स्थापना दिवसका अवसरमा यही असोज ११ गते स्वर्ण महोत्सव मनाएको छ । सो उक्त स्वर्ण महोत्सव समारोहको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा दिप प्रज्वलन गरेर गर्नु भयो । यसै कार्यक्रममा केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयकी प्राचार्य मिना शाहाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै यहाँ बहिरा विद्यार्थीहरुलाई साङ्केतिक भाषाको माध्यमबाट शिक्षा प्रदान गर्दै आएको बताउनु भयो ।

त्यसै गरी उहाँले प्रयाप्त सामाग्रीको अभावमा बहिरा विद्यार्थीहरुले शिक्षा लिने क्रममा विभिन्न समस्याहरुको सामना गर्न परेको गुनासो पनि गर्नु भयो । यसै क्रममा कार्यक्रमका विशेष अतिथि स्वासथ्य मन्त्री गगन थापाले बहिरा विद्यार्थीहरुको लागि देश भरी नै यस्ता विद्यालयहरु सञ्चान गरिनु पर्ने, कुरामा जोड दिनु भयो भने शिक्षा मन्त्री धनिराम पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार तथा शिक्षाको बारेमा नेपालको संविधानमा व्यवस्था गरिएको र उक्त संविधान कार्यन्वयनको लागि पहल गर्न जरुरी रहेको बताउनु भयो । सो कार्यक्रममा सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयका संस्थापक स्वर्गीय डाक्टर लक्ष्मीनारायण श्रीवास्तव, संस्थापक प्रार्चाय इन्दिरा श्रेष्ठ, नारायण श्रेष्ठ रायन, प्राचार्य मिना शाह, त्यहा कार्यरत शिक्षक शिक्षिकाहरुलाई अभिनन्दन पत्र, कदर पत्र र सम्मान पत्रद्धारा सम्मान गर्नु भएको थियो । यसै कार्यक्रममा उहाँले अपाङ्गता भएका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयहरुलाई राज्यले सहयोग गर्नु पर्ने, आगामी दिनमा साङ्केतिक भाषाको विकासको लागि सहज वातावरण निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

उक्त कार्यक्रममा सो विद्यालय सञ्चालन गर्नको लागि सहयोग गर्नु हुने अभिभावकहरु, विद्यालय व्यवस्थापक, विद्यार्थीहरु, शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो भने केन्द्रिय बहिरा उच्च माध्यमिक विद्यालयको ५० औं स्थापना दिवसका अवसरमा स्वर्ण महोत्सव स्मारिकाको पनि सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारी, स्वास्थ्य मन्त्री गगन थापा र शिक्षा मन्त्री धनिराम पौडेलले लोकार्पण गर्नु भएको थियो । त्यसै गरी बहिरा विद्यार्थीहरुले विभिन्न राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गर्नुको साथै चेनता मुलक नाटक पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?