Breaking News

ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष क्यान इन्फोटेक २०१७ माघ १३ देखि

Feb Tue 2020 05:40:51

365 views

ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष क्यान इन्फोटेक २०१७  माघ १३ देखि
  • साधना बस्नेत, काठमाडौं

क्यान महासंघले क्यान इन्फोटेक २०१७ माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना गर्ने भएको छ । महासंघले पत्रकार सम्मेलन गरी क्यान ईन्फोटेकको २३ औं संस्करण आयोजना गर्ने जानकारी दिएको हो ।

क्यान ईन्फोटेकमा अनलाईन टिकट खरीद गर्दा २० प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।

सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ नाममा हुने मेलामा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् । त्यस्तै ट्रसमा १४४, ओपन स्पेस १४ र फुुड स्टल १० गरी २२२ स्टल रहनेछन् । प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी।टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहने छन् ।

इन्फोटेक २०१७ मा ४ लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा महासंघको छ ।  मेला अवलोकन गर्न सर्वसाधारणहरुलाई प्रवेश शुल्क १ सय र विद्यार्थीहरुलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । माघ १६ का दिनलाई विजनेश डेको रुपमा घोषणा गरिएको छ ।
1

    क्यान इन्फोटेक २०१७ ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी विशेष हुने

 

Digital TV सेवा र Broadband Internet सेवा सम्बन्धी जानकारी प्रदान गर्ने छ भने सामसुङले नेपालका लागि special feature र design भएको विभिन्न फोनहरु प्रदशन गर्ने छ र मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले C9 Pro र A7-2017 मोडलका फोनहरु अनुभव गर्न सक्नुहुने छ । त्यस्तै डायमण्ड स्पोन्सर नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ 4G पनि यस प्रदर्शनीमा प्रदर्शन गर्ने छ । । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ । यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिएको क्यान अध्यक्ष विनोद ढकालले बताए । जसअन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियतसहित उच्च गतिको इन्टरनेट प्रमुख आकर्षण बन्ने जनाईएको छ ।

infotch-017

क्यान आइसिटी कन्फेरेन्स

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती अन्र्तक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना गरिँदै आएको क्यान आइसिटी कन्फेरेन्स यस वर्ष माघ १६ र १७ गते सोल्टी क्राउन प्लाजामा हुने छ । इन्फर्मसेन एन्ड कम्युनिकेसन टेक्नोलोजी फर सस्टेनेवल डेभलपमेन्ट विषयमा दुई दिने १७ औं अन्तराष्ट्रिय आइसिटी कन्फरेन्स हुने छ । सम्मेलनमा स्मार्ट सिटी, भिलेज कम्युनिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट हेल्थ र स्मार्ट एजुकेसन विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् ।

क्यान महासंघले आफनो स्थापनाको दुई वर्ष पछि सन् १९९५ देखी नै काठमाडौंमा क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । हाल आएर यस क्यान ईन्फोटेक लाई काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानमा पनि आयोजना गर्दे आएका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?