Breaking News

नेपाल नेत्रहिन संघको २१ औं साधारण सभा सम्पन्न

Feb Tue 2020 05:40:10

1073 views

नेपाल नेत्रहिन संघको २१ औं साधारण सभा सम्पन्न
  • शर्मिला विश्वकर्मा/ काठमाण्डौं

नेपाल नेत्रहिन संघको आयोजनामा दृष्टिविहीनहरुको राष्ट्रिय भेला तथा २१ औं वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भयो । सो साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं अर्थराज्य मन्त्री दामोदर भण्डारीले पानसमा दिप बालेर गर्नु भएको थियो । सो कार्यक्रममा उक्त कार्यक्रममा नेपाल दृष्टिविहीन कल्याण संघका अध्यक्ष कुमार थापाले दृष्टिविहीन व्यक्तिहरुको हक अधिकारको लागि सबै एक जुट भएर काम गर्न जरुरी रहेको बताउनु भयो भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष विरेन्द«राज पोखरेलले दृष्टिवाचक सफ्टवयर निर्माणकर्ता हिमप्रसाद गौतमके उपचारको लागि र १० हजार सहयोग गर्ने बताउदै दृष्टिविहीन व्यक्तिहरुको लागि विभिन्न प्रविधि भित्र्याउने र त्यसको लागि नेपाल नेत्रहिन संघको सहयोग हुनु पर्ने बताउनु भयो । त्यसै गरी नेत्रहिन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले प्रत्येक दृष्टिविहीनहरुको हातमा ल्यापटप हुनु पर्ने कुरामा जोड दिनु भयो । सोही कार्यक्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिशप्रसाद अधिकारीले दृष्टिविहीन व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्नको लागि सबै एक आपसमा मिलेर अगाडी बढ्नु पर्ने बताउदै दृष्टिविहीन व्यक्तिहरुका विभिन्न सवाल तथा गतिविधिहरुलाई अपाङ्ग आवाज रेडियो कार्यक्रम र मासिक पत्रिका मार्फत उजागर गर्ने बताउनु भयो । उक्त कार्यक्रममा नेपाल नेत्रहिन संघका अध्यक्ष रमेश पोखरेलले नेपाल नेत्रहिन संघ मार्फत दृष्टिविहीन व्यक्तिहरुको शिक्षा, रोजगारका लागि वकालत गर्दै आएको बताउनु भयो । सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको लागि सबै मिलेर काम गर्नु पर्ने बताउदै सम्मानित हुने सबैलाई धन्यवाद दिनुको साथै नेपाल नेत्रहिन संघको २१ औं बार्षिक साधारण सभाको सफलताको कामना व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा नेपाल नेत्रहिन संघले दृष्टिवाचक सफ्टवयर निर्माणकर्ता दृष्टिविहीन व्यक्ति हिमप्रसाद गौतम मस्तिष्क क्यान्सबाट पीडित भएको कारण उहाँको उपचारको लागि रु २० हजार नगद उहाँका छोरा पुश्कल गौतमलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्थराज्य मन्त्री दामोदर भण्डारी मार्फत प्रदान गरिएको थियो । त्यसै गरी प्रमुख अतिथि तथा अर्थराज्य मन्त्री दामोदर भण्डारीले विद्यावारिधि गरेका दुई जना दृष्टिविहीन महिला स्वेता सिंह र लक्ष्मी पोखरेललाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । यसै क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा अर्थराज्य मन्त्री दामोदर भण्डारीले संविधनलाई कार्यन्वयन गर्न सरकार क्रियाशिल रहेको, अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सम्बोधन गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका नीति नियमहरु कार्यन्वयन गनै पहल गर्ने बताउनु भयो । सो कार्यक्रममा लक्ष्मी प्रसाँई जेहन्दार पुरस्कारबाट कक्षा १२ पास गर्न सफल दृष्टिविहीन विद्यार्थीहरु सृजना ढकाल र मोहन वि.क.लाइ रु ७ हजारके राशी सहितको पुरस्कर सहित राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदी र नेपाल नेत्रहिन संघका अध्यक्ष रमेश पोखरेलले सम्मान गर्नु भएको थियो । त्यसै गरी उक्त कार्यक्रममा नेपाल नेत्रहिन संघका विभिन्न जिल्ला शाखाका कर्मचारीहरु तथा समाज सेवीहरुलाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?