Breaking News

ह्याप्पी होमका वालबालिकाले खुशीका साथ वाल दिवस मनाए

Feb Tue 2020 05:40:29

702 views

ह्याप्पी होमका वालबालिकाले खुशीका साथ वाल दिवस मनाए
  • साधना बस्नेत/ धापाखेल ललितपुर
  • २०७३ भाद्र २९ बाल–बालिकाहरुको हक अधिकारमा जोड दिदै, सम्पूर्ण बाल–बालिकाहरुको संरक्षणमा सुधार, असल राष्ट्र निर्माणको मूल आधार भन्ने मूल नाराका साथ ललितपुर जिल्लाको धापाखेलमा अवस्थित खुशिको घर (ह्याप्पि होम) नामक सामाजिक संस्थामा रहेका अनाथ, असाहय,द्वन्द पिडित बालबालिकाले सांस्कृतिक कार्यक्रम साथै विशेष प्रस्तुतिका साथ बाल दिवस २०७३ मनाए । कार्यक्रममा प्रमुख अतिथि समाज कल्याण परिषद्का सदस्य सचिव दिल्ली प्रसाद भट्ठको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, आमा घरकी अध्यक्ष दिल शोभा, कलाकारहरु सरिता लामिछाने, एबीसी टिभीका कृष्ण कंडेल, गायिका ज्योति मगरको उपस्थिति रहेको थियो भने अन्य विभिन्न सामाजिक सेवामा आवद्ध व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै संस्थाकी संरक्षक महिमा पोखरेल (पूजा) ले संस्थामा आफुले जन्मेको एघार महिनाका शिशु देखि एस.एल.सी.दिने सम्मका बालबालिकालाई संस्थाले स्वास्थ्य, शिक्षा,गाँस, बास, सुरक्षित जिवन उज्जल भविष्य प्रदान गर्न रात दिन खटिरहेको जानकारी गराउनुभयो भने खुशीको घर सञ्चालन क्रमम आउने चुनौतिहरुले आफुलाई झन प्रेरणा मिलेको बताउनु भयो ।

    एक सय जना बालबालिकाकी आमा पुजा (महिमा पोखरेल) को यो योगदानले सयौ. बालबालिकाको उद्धार भएको छ । उनको यो खुशिको घरले अलपत्र परेका बालबालिकाले नयाँ जीवन प्राप्त गरेका छन् ।

    कार्यक्रममा विभिन्न सामाजिक कार्यमा निरन्तर लाग्नु हुने व्यक्तित्वहरुलाई प्रशंशा पत्र वितरण गरिएको थियो । साथै यस वर्ष खुशिको घरमा बसेर एस.एल.सी मा उत्कृष्ट अङ्क ल्याई उतिर्ण हुने चार जना र उतिर्ण हुने २ जना लाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रममा वालबालिकाहरुले नृत्य तथा खेलको प्रतिभा समेत प्रस्तुती गरेका थिए ।

    खुशीको घर केवल वालबालिका थुपार्ने गृहको रुपमा नभई वालबालिकाको चौतर्फी विकास गराउने खुशीको घरको रुपमा स्थापित गराउने समाजसेवी महिला पूजा पोखरेलको सामाजिक आँट र साहसलाई जति प्रशंसाा र गुनगान गरे पनि पुग्दैन । त्यसैले पूजाको यो खुशीको घर अभियानलाई साच्चै हामी सबैले सम्मान र कदर गर्ने हो भने आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरी वालबालिकाको खुशीलाई सदैव फूल झै पक्रन दिन सघाउदै जानुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?