Breaking News

क्यान महासंघलाई रुपान्तरण गर्न र स्टार्टअप युवामैत्री क्यान बनाउन अध्यक्षमा मेरो उम्मेदवारी - चिरञ्जिवी अधिकारी

Jun Thu 2022 03:31:29

475 views

क्यान महासंघलाई रुपान्तरण गर्न र स्टार्टअप युवामैत्री क्यान बनाउन अध्यक्षमा मेरो उम्मेदवारी - चिरञ्जिवी अधिकारी

क्यान महासंघको आगामी निर्वाचनका लागि अध्यक्षमा चिरञ्जिवी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कार्यकाल सकिए पनि कोरोना कारण क्यानको कार्यकाल लम्बिएको थियो । आगामी महाधिवेशन मंसिरमा गर्ने क्यानको तयारी छ । बर्तमान कार्यसमितिमा केन्द्रीय सचिव रहेका अधिकारीले यस अगाडि केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका छन् ।

क्यान महासंघलाई रुपान्तरण गर्न, युवामैत्री बनाउन, सूचना तथा प्रविधि क्षेत्रको अभिभावीय छाता संगठन बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको अधिकारीले बताए । “CAN Federation को निर्बाचनमा ५०% युवाहरु Startup र Innovation सेक्टर बाट समेटेर गतिशील टिम बनाउने छु । लामो पेशागत अनुभब र CAN Federation को अभियानको दौरानमा मैले देखेको GAP Fullfill गरि CAN Federation लाइ Vibrant बनाउन यस निर्बाचनमा ५०% युवाहरु Startup र Innovation सेक्टरबाट समेटेर गतिशील टिम बनाउने छु |

आहिले पनि पचासौ हजार ICT sector मा काम गर्ने युवाहरु CAN Federation को छाता भन्दा बाहिर हुनुहुन्छ | उहाहरुलाई CAN Federation मा समेटेर उहाहरु मध्येबाट उत्कृस्ट ,गतिशील , कर्मशील र जुझारु साथीहरुको टिम समेटेर हातेमालो गर्दै साथमा साथ हातमा हात मिलाएर अगाडी जानेछु र CAN Federation लाइ सबै अग्रज हरु , आजका युवाहरु र भबिस्यका आउने पिडिहरुले गर्ब गर्न लायक संस्था बनाउने गरि निर्बाचन मैदानमा आउने छु | युवा लक्षित कार्यक्रम ल्याउँदै नेपालमै रोजगारी सिर्जना गर्न आफू सक्रिय हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?