Breaking News

युट्युबमा डोनाल्ड ट्रम्पको कम ब्याक

Mar Sat 2023 08:57:37

178 views

युट्युबमा डोनाल्ड ट्रम्पको कम ब्याक

आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि युट्युबमा फर्किएका छन् । उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट गरे जसमा उनले लेखे, “म फिर्ता आएको छु१”

सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण गर्न उक्साएको आरोप लागेको थियो ।

उनी फेरि एकपटक राष्ट्रपतिको निर्वाचनमा लड्ने तयारीमा रहेको विश्वास गरिएको छ, यसैलाई मध्यनजर गर्दै उनलाई फेरि सामाजिक सञ्जालमा आउन अनुमति दिइएको हो ।

युट्युबले चुनाव लड्ने सबै प्रमुख उम्मेदवारको कुरा सुन्न पाउने अधिकार मतदातालाई रहेको जनाएको छ । ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए। उनको ट्विटर खाता पनि गत वर्ष नोभेम्बरमा रिस्टोर गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?