Breaking News

आरएसडिसी लघुवित्तको आईपिओ भदौ ५ गतेबाट,कँहा कँहा दिने आवेदन ?

Feb Tue 2020 05:40:23

663 views

आरएसडिसी लघुवित्तको आईपिओ भदौ ५ गतेबाट,कँहा कँहा दिने आवेदन ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले भदौ ५ गतेबाट सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको चार लाख कित्ता साधारण शेयरबमध्ये ८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको तीन लाख ७२ हजार कित्ता शेयर मात्र सर्वसाधारणले पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकएनआइबिएल क्यापिटलले दुई लाख कित्ता शेयरको प्रत्याभूति समेत गरेको छ । कम्पनीको शेयरमा कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँ बढीमा ४ हजार कित्ता अर्थात चार लाख रुपैयाँँ सम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । भदौ ५ गतेबाट खुल्ने शेयरमा छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको शेयरका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु, आरएसडिसी लघुवित्तको कार्यालय लगायतका निम्न स्थानहरुबाट आवेदन दिन सकिनेछ ।   आरएसडिसी लघुबित्त कस्तो कम्पनी हो ? आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “घ“ वर्गको राष्ट्रिय स्तरको “थोक लघुकर्जा“ प्रदायक वित्तीय संस्था हो । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था २०७० भदौं २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको हो । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी रु. १० करोड रुपैया रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैङ्कले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असारमसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउँनु पर्ने निर्देशन दिएको छ । यसमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ भने विभिन्न ४० भन्दा बढी जिल्लाका १७२ जना व्यक्ति समेत यसका प्रवद्र्धक रहेका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले आयआर्जन र रोजगारी र्सिजना गरि आर्थिक विपन्नता र पछौटेपन कम गर्नमा आफ्नो लगानी केन्द्रित गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?