बैंकको सेयर मूल्य अहिले वोनस सेयरसँग जोडिएको सुचनाका आधारमा तलमाथि भइरहेको छ । थोरै वोनस र धेरै नगद लाभांस वितरण गर्दै आएको एभरेष्ट बैंकका लगानीकर्ताहरु यसपाली भने पुँजी बृद्धि गर्नु पर्ने निर्देशनका कारण वोनस सेयर वढी आउने अपेक्षामा छन् ।
सानिमा बैंकको पनि सात करोड २९ लाखको सेयर कारोबार भएको छ । एभरेष्ट, सानिमासँगै ग्लोबल आइएमइ, एनआइसी एसिया, बैंक अफ काठमाण्डूलगायतको सेयर कारोबारमा तिब्रता आएपछि बजारमा बुधबार ५९ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार १२ अंक उक्लिँदै ११८१ अंक पुगेको छ । दिनभरीमा १२७ कम्पनीका नौं लाख २७ हजार १४९ कित्ता सेयर कारोबार भएका छन् ।
बुधबार बिमा २८, होटल २६, बैंक १५, जलविद्युत १३, अन्य साढे दुई, विकास बैंक १० अंकले बढेको छ ।
हाथवे समूहले खरीद गरिरहेको अरुण फाइनान्सको सेयर करिव १०प्रतिशतले बढेर प्रति कित्ता ११५ रुपैयाँ पुगेको छ । युनियन फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेकोे छ । कमाउनेमा काष्ठमण्डप डेभलपमेन्ट, नेको इन्स्योरेन्स, एभरेष्ट बैंकका लगानीकर्ता छन् ।
गुमाउनेमा यति विकास, कैलास विकास, रिडी हाइड्रो, कालिका माइक्रो क्रेडिटका लगानीकर्ता छन् ।