Breaking News

सबैका लागि फ्रि वाईफाई फिचर फेसबुकमा

Feb Tue 2020 05:40:53

388 views

सबैका लागि  फ्रि वाईफाई फिचर फेसबुकमा

फेसबुकले सबैका लागि  फ्रि वाईफाई फिचर ल्याएको छ । यो फिचर यात्राका क्रममा मात्र नभई मोबाइल नेटवर्क खासै गुणस्तरीय नभएका ठाउँहरुमा पनि निकै उपयोगी छ ।

यो फिचरले प्रयोगकर्ताहरुलाई आफु आसपासको वाइफाइ हटस्पट पहिचान गर्नमा सहयोग गर्दछ । जसलाई विभिन्न कम्पनीहरुले आफ्नो फेसबुकको माध्यमबाट शेयर गरेका हुन्छन् । त्यसैले तपाइँ जहाँ हुनुहोस् यदि तपाइँको मोबाइलको नेटवर्क राम्रो छैन भने तपाइँ नजिकैको डाटा कनेक्सन खोज्न सक्नुहुन्छ ।

यसका लागि फेसबुक प्रयोगकर्ताले फेसबुक एपको More नामक ट्याबमा क्लिक गर्नुपर्नेछ । त्यहाँ Find Wifi नामक ट्याबको विकल्प देखिनेछ । फाइन्ड वाइफाइ ट्याब अन गरेसँगै प्रयोगकर्ताले नजिकैको डाटा नेटवर्क पत्ता लगाउन सक्नेछन् । र मोबाइलमा इन्टरनेट कनेक्ट गर्न सक्नेछन् ।

find wifi in facebbokको लागि तस्बिर परिणाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?